Comments Add Comment

हिमाल आरोहणका समस्या बुझ्न सरकारले बनायो समिति

३० जेठ, काठमाडौं । सरकारले सगरमाथालगायत हिमाल आरोहणका समस्या बुझेर सुझाव दिन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।

समितिले हिमाल आरोहणमा मृत्यु भएका र हराइरहेका व्यक्तिको सम्बन्धमा मृत्यको कारणबारे छानबिन गर्नेछ । नेपाल सरकार प्रधानमन्त्रीस्तरको निर्णयबाट समिति गठन भएको विभागले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस १०० अभागी सगरमाथा आरोही, जसले शिखर चुम्न सकेनन्

किनकी पछिललो समय सगरमाथामा अधिक भिडभाडका कारण आरोहीहरुको निधन भएको खबर सार्वजनिक भइरहेका छन् । अर्कोतर्फ पर्वतारोहण क्षेत्रमा देखा परेका नीतिगत, कानुनी, संरचनागत, कार्यविधिगत सुधारमा पनि समितिले अध्ययन गर्ने जिम्मेवारी पाएको छ । ‘समितिले पर्वतारोहणका विषयमा उठेका विषयमा गम्भीरतापूर्वक अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिनेछ,’ पर्यटन विभागका महानिर्देशक दण्डुराज घिमिरेले भने ।

वसन्तु ऋतुकालीन पर्वतारोहण सिजनमा ६ सय ५९ जना आरोही तथा नेपाली सहयोगीले सगरमाथा आरोहण गरे ।

यसपटक अघिल्लो वर्षको तुलनामा आरोहण अनुमति लिने आरोहीको संख्या ३५ बढी थियो । त्यसमध्ये १ सय जना आरोही चुचुरोसम्म पुग्न सकेनन् । तर, सगरमाथामा अधिक भीड भएकै कारण आरोहीले ज्यान गुमाउनु परेको भन्ने प्रचार भएपछि सरकार अध्ययनमा जुटेको उनले बताए । यस सिजनमा सगरमाथामा मात्र ८ जनाले ज्यान गुमाए भने १ जना अझै हराइरहेका छन् ।

सम्पर्क अधिकृतले विभागमा बुझाउने प्रतिवेदनमा पनि आरोहीको निधन हुनुमा उचाईको असर, प्रतिकूल मौसमत तथा मौसमको सिमित अनुकूलता, अचानक मुर्छा पर्ने, शारीरिक कमजोरीलाई मूख्य कारण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment