Comments Add Comment

प्रजातन्त्र मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधि डेनमार्क प्रस्थान

Photo Credit : अनलाइनखबर फाइल

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् ।

नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपसभापति निधि प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि कोपहेगन बिहीबार प्रस्थान गरेका हुन् । भ्रमणमा डा. मिनेन्द्र रिजाल, चित्रलेखा यादब र बिनोद भट्टराई पनि रहेका छन् ।

डेनिस इन्स्िटच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणामा उपसभापति निधिसहितका नेताहरु डेनमार्कको बर्नहोल्ममा यही जुन १३-१७ सम्म हुने मेलामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभबबारे अध्ययन भ्रमणका सहभागीहरुलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका बिभिन्न मुलुकबाट नेताहरुको सहभागिता रहनेछ ।

डीआइपीडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्याँहाको संसदले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।

नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यबस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ ।

प्रजातन्त्र मेलामा सहभागी भएपछि कांग्रेस उपसभापति निधिसहितका नेताहरु विश्वभर छरिएर रहेका नेपाली कांग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

बिभिन्न ३३ देशका महाधिबेशन प्रतिनिधिको सहभागिता रहने त्यस कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव, विश्वको बदलिदो राजनीति, दक्षिण एसिया र नेपाल, समाजवादको युरोप अनुभबको आलेकमा नेपाल बिषयमा अन्तरक्रिया कार्यक्रम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment