Comments Add Comment

शिल्पादेखि प्रियंकासम्म, जो अक्षयको प्रेममा डुबे

बलिउड नायक अक्षय कुमारलाई खेलाडी नायकको रुपमा चिनिन्छ । उनलाई यो उपनाम उनले खेलेको चलचित्रका कारण दिइएको हो । तर, प्रेम जीवनमा पनि अक्षय कुनै ‘खेलाडी’ भन्दा कम छैनन् । अक्षयले धेरै जना युवतीको भावनासँग खेलेका छन् । अक्षय कुमारको प्रेम जीवन कुनै चलचित्रको पर्दा भन्दा कम छैन ।

बलिउड प्रवेश अगाडि नै अक्षय कुमार प्रेममा थिए । उनको प्रेम मोडल तथा अभिनेत्री पूजा बत्रासँग थियो । उनीहरु एक(अर्कामा खुबै समर्पित थिए । तर, अक्षयको बलिउड प्रवेशसँगै पूजासँगको प्रेम टुंगियो । ‘खिलाडी’ चलचित्रमा काम गर्दै गर्दा अक्षय कुमार र नायिका अयोशा झुल्काड नजिक हुन पुगे । सुटिङ सेटमा उनीहरुले एक(अर्कालाई दिएको चासोको निकै चर्चा पनि भएको थियो । पछि खिलाडी एकदमै हिट भयो । चलचित्र हिट भएसँगै उनीहरुको प्रेम पनि छरपष्ट देखिन थाल्यो । तर, अर्को चलचित्रमा काम गरेपछि अक्षयको नयाँ प्रेमको समाचार आउन सुरु भयो । नयाँ प्रेमिका भएको समचार आएसँगै उनीहरु टाढिए ।

त्यो समय अक्षय कुमारले नायिका रविना टण्डनसँग ‘मोहरा’ नामक चलचित्रमा काम गरिरहेका थिए । त्यो समय रविना निकै उचाईमा थिइन् । अक्षय कुमार एक्सन स्टारको रुपमा स्थापित हुदै थिए । सोही समय उनीहरुको प्रेम सुरु भएको थियो । यो जोडीको प्रेम चर्चा आज पनि चर्चित छ ।

उनीहरुको प्रेम ३ वर्ष बढी समय चल्यो । अक्षयले रविनालाई विवाह गर्ने कसम पनि दिएका थिए । तर, पछि अक्षयको झुटो बोल्ने बानीका कारण रविनाले अक्षयसँग टाढिने निर्णय गरेकी थिइन् । अक्षयको प्रेम नायिका रेखासँग पनि थियो । ‘खिलाडी’को सिक्वेल चलचित्र ‘खिलाडी को खिलाडी’मा काम गर्द रेखा र अक्षय नजिक भएका थिए । सुटिङ समय देखि नै उनीहरु प्रेममा रहेको समाचार आइरहेको थियो । उनीहरु एक(अर्काको प्रेममा पागल नै बनेका थिए । रेखा आफैले पनि यो कुरा बोलेकी छिन् । पछि अक्षयको खराब बानी थाहा पाएपछि रेखाले खुसी(खुसी मै अक्षयलाई छोडिन् ।

रेखासँगको प्रेम सकिएको केही समयपछि अक्षयको प्रेम नायिका शिल्पा सेट्टीसँग भयो । उनीहरुको प्रेमको पनि निकै ठुलो चर्चा भएको थियो । मिडियामा पनि उनीहरुको प्रेमले राम्रो स्थान पाएको थियो । पछि शिल्पाको ‘बेस्ट फ्रेण्ड’ ट्विङ्कल खन्नासँग अक्षयको हिमचिम बढेपछि शिल्पा साइड लागेकी थिइन् ।

अक्षय कुमारले सन् २००१ मा बिबाह गरे । उनले शिल्पाको ‘बेस्ट फ्रेण्ड’ ट्विङ्कल खन्नालाई नै आफ्नो श्रीमती बनाए । शिल्पाकै माध्यमबाट उनीहरुको चिनजान भएको थियो । अहिले अक्षय र ट्विङ्कलको २ सन्तान छन् । बिबाह पछि पनि अक्षयको प्रेम चर्चा सेलाएन । उनले नायिका प्रियंका चोपडालाई डेट गरेको कुरा निकै भाइल भएको थियो । ‘अन्दाज, मुजसे साधी करेंगी’लगायत चलचित्रमा काम गरेपछि उनीहरु नजिक भएका थिए । प्रियंका पनि अक्षयको प्रेममा डुबिसकेकी थिइन् । पछि अक्षयको श्रीमतीको कारण उनीहरु टाढिए ।

अक्षयलाई बलिउडमा ‘प्ले ब्वाई’को नजरबाट पनि हेरिन्थ्यो । उनले बलिउडका धेरै नायिकासँग डेट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment