
४ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ ।
फोन्टे नोभा एरिनामा आज भएको समूह ए को खेलमा ब्राजिलले भेनेजुएलासँग बराबरी खेल्दै अंक बाँडेको हो । खेलअवधिभर ब्राजिलले बललाई नियन्त्रणमा राखेपनि जित हात पार्न सकेन ।
ब्राजिलले भेनेजुएलाको पोष्टमा १९ सर्ट प्रहार गरेको थियो । पहिलो हाफमा बराबरी खेलेको ब्राजिललाई दोस्रो हाफमा पनि रोक्दै भेनेजुएलाले प्रभावशाली प्रदर्शन गरेको छ । यसअघि ब्राजिलले उद्घाटन खेलमा बोलिभियालाई ३-० गोलअन्तरले पराजित गरेको थियो ।
आजै भएको अर्को खेलमा पेरुले बोलिभियालाई ३-१ गोलअन्तरले पराजित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4