+
+
Shares

१४ जनाले गरे दुई युवतीको सामूहिक बलात्कार

प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक पक्राउ

टोपराज शर्मा टोपराज शर्मा
२०७६ असार ९ गते २१:१४

९ असार, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा १४ जनाको समूहले दुई युवतीको सामूहिक बलात्कार गरेका छन् । त्यसमा संलग्न भएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक समेत पक्राउ परेका छन् ।

घटना २ असारको साँझ हो । तर एक सातापछि उजुरी परेको प्रहरीले जनाएको छ ।

पीडित युवतीहरुले दिएको जाहेरीअनुसार उनीहरु २ गते साँझ स्थानीय विष्णु थारु चौधरीसँग गैडहवा ९ नागेश्वरीचोकमा खाजा खान गएका थिए । फर्किने क्रममा चौधरीले एक जना युवतीमाथि बलात्कार गरे भने अर्की भागेर हसनापुर पुगिन् ।

त्यसबेला रातको १० बजिसकेको थियो । हसनापुरका ५ युवा लाठीसहित घटनास्थल पुग्दा त्यहाँ अरु ८-१० जना युवाहरु जम्मा भइसकेको पीडित युवतीको भनाइ छ ।

यो समूहले आफूहरुलाई उद्दार गर्नुको साटो सामूहिक बलात्कार गरेको पीडितको दाबी छ । त्यसमा उद्दारका लागि गएका जीवन ज्ञवालीले पनि संलग्न रहेको जाहेरीमा उल्लेख छ । गाउँका १४ जना युवा तथा पुरुष घटनास्थलमा पुगेका र उनीहरुले युवतीलाई जोगाउनुको साटो बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारी बताउँछन् ।

रातको समय भएकाले बलात्कार गर्ने मध्येमा जीवन ज्ञवाली र चौधरीलाई मात्र चिनेको पीडित युवतीहरुले बताएका छन् । घटनाको मुख्य दोषी मानिएका चौधरी अहिले फरार छन् । अरु १२ युवाको भने पहिचान हुन सकेको छैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक ज्ञवालीलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेको छ । ज्ञवालीले आरोप अस्वीकार गरेका छन् ।

दुवै युवतीको स्वास्थ्य उपचार गरिएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?