Comments Add Comment

२ सय करोडको रफ्तारमा साहिदको ‘कबिर सिंह’

नायक साहिद कपुर यतिबेला उडिरहेका छन् । उनको उडाई निकै लामो संघर्षपछि आएको हो । किनभने, साहिदले अभिनय गरेका चलचित्र धेरै त बक्स अफिसमा असफल भए भने कतिपय चलेर पनि उनले क्रेडिट पाएनन् । यसैले पनि साहिद कपुरका लागि बलिउड यात्रा संघर्षपूर्ण नै रह्यो ।

तर, शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कबिर सिंह’को आक्रामक व्यापारले उनको स्टारडम मात्र फर्किएको छैन, उनले सफलताको मिठो स्वाद पनि चाखिरहेका छन् । यो चलचित्रले व्यापारिक रफ्तार यसरी समातेको छ कि, यो लामो रेशको घोडा बन्ने निश्चित छ । यूवायूवतीहरुमा चलचित्रको क्रेज उच्च देखिएको छ । सोमबार देखिएको चलचित्रको व्यापारले पनि यो कुराको पुष्टी गर्छ । यो चलचित्रले सोमबार १७.५४ करोड कमाई गरेको छ ।

तिन दिने विकेन्ड सकिएपछि कमजोर चलचित्रको व्यापारमा भारी गिरावट आउँछ । तर, आइतबार बिदाको दिन २७.९१ करोड कमाएको चलचित्रले सोमबार आइतबारको तुलानामा १० करोड मात्र कम व्यापार गरेको छ । चलचित्रले मंगलबार सय करोडको आँकडा छुनेछ ।

बलिउडका पण्डितहरुले चलचित्रले २ सय करोड कमाउने अड्कल लगाइसकेका छन् । चलचित्रले ४ दिनमा ८८.३७ करोडको कमाई गरेको छ । साहिद कपुरको अभिनयको उच्च प्रशंसा भैरहेको चलचित्रको व्यापारले साहिद फेरि बलिउडमा दमदार क्रेजका साथ कमब्याक भएका छन् भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment