
११ असार, अछाम । जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते छन् ।
से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु हो ।
मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका विद्यार्थी भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार एसईई परीक्षा दिएर पसेका रमेश परीक्षाफलको प्रतीक्षामा थिए भने लक्ष्मी कक्षा ९ र काली कक्षा ८ मा अध्ययनरत थिए ।
दुर्घनामा ४ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटनाका ट्रयाक्टर चालकले भने भागेर ज्यान जोगाएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4