Comments Add Comment

मंगला माविलाई विद्युतिय फिल्टर सहयोग

११ असार, काठमाडौं । गरिमा बिकास बैंकले विद्यालयलाई विद्युतीय फिल्टर सहयोग गरेको छ । बैंकले म्याग्दीको बाबियाचौरमा रहेको मंगला माध्यमिक विद्यालयलाई पानी प्रसोधन गर्ने विद्युतीय फिल्टर सहयोग गरेको हो ।

बैंकको बाबियाचौर शाखाका प्रबन्धक सुर्य रानाभाटले सोमबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारी र प्रअ गमबहादुर खत्रीलाई हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमसमेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment