+
+
Shares

साम्राज्ञीको मस्ती मुड

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १२:०९

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लगालग २ चलचित्रको छायांकन सकाएकी छिन् । उनले भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’ र दशैमा रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकेकी हुन् । उनी अब नयाँ चलचित्र तत्काल गर्ने मुडमा छैनन् ।

तर, चलचित्रको छायांकन सकेसँगै उनको मस्ती मुड भने सुरु भएको छ । साम्राज्ञी इन्स्टाग्राममा आफ्ना तस्वीर पोष्ट गर्न माहिर छिन् । उनको सामाजिक संजाल क्रेज गज्जबको छ । साम्राज्ञीले स्विमिङ पूलमा रमाउँदै गरेको तस्वीर र भिडियो पोष्ट गरेकी छिन् । पहेलो विकिनीमा उनी स्विमिङ पूलमा रमाएको देख्न सकिन्छ ।

साम्राज्ञीका लागि यो बर्ष रिलिज हुन लागेका २ चलचित्र नै महत्वपूर्ण छन् । उनी चलचित्र ‘मारुनी’को प्रचार अगाडि फ्रेस हुन चाहन्छिन् । यसैले पनि उनको यो विन्दास अवतार देखिएको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?