+
+
Shares

सर्फराजलाई ‘… मोटो’ भन्दा पत्नीले के गरिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते ११:१०

काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एक कथित प्रशंसकले छोरालाई लिएर एक मलमा जाँदै गरेका पाकिस्तानका कप्तान सर्फराज अहमदलाई भनेका छन्, ‘… जस्तो मोटो किन हुनुभयो ?’

विश्वकपमा भारतसँग ८९ रनले हारेपछि पाकिस्तानी टिम र त्यसमा पनि कप्तान सर्फराजको चौतर्फी आलोचना भएको थियो । त्यही बेला यो भिडियो भाइरल भयो ।

सर्फराजका अनुसार यो भिडियो भारतसँग भएको खेलको दुई दिन अघिको थियो । तर खेलको एक दिन अघि सामाजिक सञ्जालमा सार्वजनिक भयो ।

कप्तान सर्फराज खेलाडीहरुविरुद्ध व्यक्तिगत टिप्पणी गर्न नहुने बताउँछन् तर सामाजिक सञ्जालको जमानामा यसलाई रोक्न नसकिने बताउँछन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एक भिडियो ट्वीट गरेका छन्, जसमा कप्तान सर्फराजले भनेका छन् कि भारतसँग हारेपछि जसरी आलोचना भएको छ, यसले उनलाई दुःखी बनाएको छ । साथै टिमलाई हौसला बढाउने समर्थकहरुलाई धन्यवाद पनि दिए ।

मलमा भएको अभद्र टिप्पणीले आफूलाई दुःख लागेको पनि उनले बताए । उनले भने, ‘नराम्रो त लागेको थियो किनकी मसँग अब्दुल्लाह (छोरा) पनि थियो, त्यसैले नराम्रो लाग्यो । तर मलाई लागेको थियो उन (भिडियो बनाउने)ले यस्तो गर्दैन किनकी त्यही बेला उनको परिवार पनि थियो र उनीहरु मध्ये एकले मसँग आएर गल्तीका लागि माफी मागेका थिए ।’

यस्तो अभद्र टिप्पणी गर्दा पनि उनले आफूलाई कसरी सम्हाले ? यो प्रश्नमा सर्फराजले भनेका छन्, ‘रिसले निकै उठेको थियो तर, त्यसबेला मैले वादविवाद गरेको भए सही कुरा बाहिर नआउन सक्थ्यो र मलाई नराम्रो रुपमा प्रस्तुत गरिन्थ्यो । मैले चुप लाग्नु हितकर ठानेँ र सबै अल्लाहलाई छोडिदिएँ । जब यो भिडियो सार्वजनिक भयो, मानिसहरुले मलाई नै समर्थन गरे ।’

पाकिस्तानी कस्तान सर्फराजका अनुसार यो घटनाले उनको परिवारमा ठूलो असर परेको छ । उनका अनुसार परिवारका सदस्य मात्र होइन, जजसले यो भिडियो हेरेका छन्, उनीहरुलाई सबैले गलत भयो भनेका छन् । उनले अघि भने, ‘जहाँसम्म मेरो श्रीमतीको कुरा छ, म कोठामा पुक्ष्दा उनी रोइरहेकी थिइन् । मैले भने, यो त एउटा भिडियो मात्र हो । मानिसहरु हाम्रै अगाडि केके भन्छन् । यो सबै जीवनको एउटा हिस्सा हो । जब हामीले राम्रो खेल्दैनौ, यो सबै सहनुपर्छ ।’

सार्फराज मान्छन् कि टिमको प्रदर्शन खराब हुँदा समर्थनहरु रिसाउनु स्वभाविक हो । ‘जब हामी जित्छौं, आफ्नो शिरमा पनि राख्छन् । त्यसैले हार्दा रिसाउनु जायज छ’, उनले अघि भनेका छन् ।’

उनका अनुसार भारतसँग हारेपछि एक साता निकै खराब समय रह्यो । तर दक्षिण अफ्रिकालाई हराएसँग समर्थनले जोडदार साथ दिएको उनले बताए । पाकिस्तानले अर्को खेलमा अपराजित न्युजिल्याण्डलाई पनि हारको स्वाद चखाएको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

यससँगै आलोचकको बोली फेरिएको छ । भारतसँग हारेपछि पूर्व फास्ट बलर शोएब अख्तरले सर्फराजलाई ‘ब्रेनलेस क्याप्टेन’ भनेका थिए । अब उनले पाकिस्तानी टिमका खेलाडीहरुलाई बाघको संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?