Comments Add Comment

अमेरिकामा पुराण ! ८ लाख डलरभन्दा बढी चन्दा संकलन

भर्जिनियामा नेपालीहरूको सामुदायिक भवन बन्ने

१२ असार, वाशिंगटन डीसी । उतर भर्जिनियामा नेपालीहरूका लागि नेपाल अमेरिका सामुदायिक केन्द्र (एनएसीसी) बनाउन सहयोग जुटाउने उद्देश्यले डीसी मेट्रो सप्ताह पुराणको आयोजना गरिएको छ। शनिबारसम्म चल्ने सप्ताहमा पण्डित दीनबन्धु पोखरेलले पुराण वाचन गरिरहेका छन् ।

डीसी मेट्रो सप्ताह पुराणमा बुधबारसम्म दाताहरुबाट ८ लाख १८ हजारको दान रकम संकलन भएको आयोजकले जनाएका छन् । दीनबन्धुले दिनको १ बजेदेखि बेलुका ८:३० सम्म नियमितरुपमा पुराण वाचन गर्दै आएका छन् ।

बुधबारसम्म उक्त सप्ताहमा उत्तर भर्जिनियाका विभिन्न स्थानबाट जम्मा २५६ जनाले सहयोग गरेका छन् । आयोजक समितिले यो सहयोग संकलनको अभियानलाई गति दिन “एक घर, एकआजीवन सदस्य” भन्ने नाराका साथ डीसी निवासी नेपाली समुदायमा आग्रह गरेको छ।

हजारौंको चन्दा रकम बोलीमात्रै दिने तर वास्तवमा भुक्तानी भने नदिने किसिमको प्रवृत्तिलाई निरुत्साहित गर्न डीसी मेट्रो क्षेत्रले २५ देखि ७५ प्रतिशतको डाउन पेमेण्ट बोलेकै दिन दिनुपर्ने व्यवस्था गरेको छ ।

डिसी मेट्रो क्षेत्रमा १० हजार भन्दा बढी घरधुरी नेपालीहरु रहेको अनुमान गरिएको छ । वार्षिक नवीकरण गर्ने सदस्यहरुबाट ३ हजार २ सय १२ उठेको छ । संस्थापक प्याट्रोन मेम्बरबाट ४० हजार संकलन भएको छ भने संस्थापक प्लाटिनम मेम्बरबाट १ लाख २० हजार रूपैयाँ उठेको छ । संस्थापक बेनिफेक्टर मेम्बरबाट दुई लाख ४ हजार र संस्थापक लाईफ मेम्बरबाट १ लाख ५३ हजार उठेको छ भने संस्थापक ट्रष्टी मेम्बरबाट २ लाख ९७ हजार दान सहयोग उठेको आयोजकको भनाइ छ ।

सप्ताह आगामी शनिबारसम्म चल्ने छ । हरेक दिन कम्तिमा पनि २ लाख डलरसम्मको दान सहयोग जुटिरहेको बताइएको छ । सप्ताहमा एक हजार डलर सहयोग गर्नेले आजीवन सदस्यता पाउँछ । त्यस्तै ४ हजार डलर सहयोग गर्नेले ट्रस्टी, १२ हजार गर्नेले बेनिफेक्टर, २० हजार दिनेले प्लेटिनम र ४० हजार डलर चन्दा दिनेले प्याट्रन मेम्बर पाउने आयोजकले बताएका छन् ।

चौथो दिनसम्म सबैभन्दा ठूलो रकम हरि अधिकारी र सीता अधिकारीको जोडीले गरेका छन् । भर्जिनिया फेयरफ्याक्स क्षेत्रमा ब्यबसाय गर्दै आएका अधिकारी जोडीले ४० हजार डलर सहयोग गरेर नेपाल-अमेरिका सामुदायिक केन्द्र (एनएसीसी) को संरक्षक बनेका छन् ।

त्यसैगरी, डा. मदन उप्रेती र अनामिका उप्रेतीले २० हजार डलर सहयोग गरेर प्लाटिनम सदस्य बनेका छन् ।

डा. उप्रेतीले यदि दाताहरुबाट १० लाख डलर दान आएमा आफूले सहयोग रकमलाई दोब्बर बनाएर ४० हजार डलर पुर्याउने बताएका छन् । डा. उप्रेतीले आफूले बाल्यकालमा आर्थिक अवस्था कमजोर भएका कारण खान र पढ्न पनि धेरै समस्या भएको स्मरण गरे ।
त्यसैगरी २० हजार डलर दान गरेर एनएसीसीको प्लाटिनम सदस्य बनेका अन्य ब्यक्तिहरुमा प्रेम संग्रौला र मन्जु संग्रौलाको जोडी, पुरू सुवेदी र कल्पना सुवेदीको जोडी, अरुण रुपाखेती र अजिता रुपाखेती जोडी तथा प्रदीपराज शर्मा र निरजा शर्मा जोडी छन् ।

त्यस्तै १२ हजार डलरको सहयोग गरेर बेनेफ्याक्टर सदस्य बन्नेहरुमा सुनिता खत्री जोडी, नेपाली पाठसाला सेन्ट्रलभिल, गोपाल रेग्मी र सुनिता रेग्मीको जोडी, प्रदीप ढकाल र सुश्मा ढकालको जोडी, राजीव मैनाली जोडी, भीम रेग्मी र सीता रेग्मीको जोडी, कॉल पोखरेल र शोभा पोखरेल जोडी, मेदिनी अधिकारी र अन्जु काफ्ले अधिकारीको जोडी रहेका छन् । त्यस्तै, राजेन्द्र खनाल र सीता खनाल जोडी, केशब बराल जोडी, अर्जुन दाहाल जोडी, निदेश अधिकारी एवं बविता खरेल जोडी पनि १२ हजार डलर चन्दा दिएर बेनेफ्याक्टर सदस्य बनेका छन् ।

त्यस्तै बुधबार १२ हजार डलर चन्दा दिएर डा. नारायण धरेल एवं सुजाता पौडेल जोडी, केशव बराल एवं गायत्री शर्मा जोडी, लक्ष्मी कुमारी पाण्डे (आमा) एवं बिशाल पाण्डे (छोरा) र डिसीनेपाली समाज बेनिफ्याक्टर सदस्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment