Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स

९ जेठ, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहकहरुले यस बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस सेवा सञ्चालनबाट ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बीमा सम्बन्धी सुविधा प्राप्त गर्न सक्ने सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment