Comments Add Comment

यी हुन् अब्बल नतिजा ल्याउने सरकारी स्कुल

१४ असार, काठमाडौं । आजका पत्रिकाहरुले एसईईमा अब्बल नतिजा ल्याउने सामुदायिक विद्यालयहरुको समाचार छापेका छन् । नागरिक दैनिकले बिभिन्न जिल्लाका सामुदायिक स्कुलहरुको नामाबली र उनीहरुको नतिजा समेटेर मुख्य समाचार बनाएको छ ।

काठमाडौंको बाफलस्थित ज्ञानोदय मावि, ललितपुरको श्रमिक शान्ति मावि, भरतपुरको नारायणी नमुना मावि, विराटनगरका पोखरिया र आदर्श मावि, पोखराका अमरसिंह नमुना उच्चमावि, शीतलादेवी, बालमन्दिर मावि, गोरखाको सरस्वती, तनहुँको सत्यवती, बुटवलको कालिका ज्ञान मावि, पाल्पाको देववाणी संस्कृत तथा साधारण माविको नतिजा अब्बल देखिएको समाचारमा उल्लेख छ ।

यी विद्यालयहरुको नतिजा अब्बल हुनुको कारण खुट्याउँदै नागरिक लेख्छ- शिक्षण प्रक्रियामा सुधार, कक्षा कोठाको वातावरण सुधार तथा शिक्षक, अभिभावक र विद्यार्थीको मेहनतको कारण यी सामुदायीक विद्यालयले उत्कृष्ट नतिजा निकालेका हुन् ।

यो पनि पढ्नुहोस शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कास्की सबैभन्दा अब्बल

कान्तिपुरको पृष्ठ ४ मा मकवानपुरको हेटौंडास्थित आधुनिक राष्ट्रिय माविको समाचार छ । समाचारमा लेखिएअनुसार यो विद्यालयले १५ वर्षदेखि जिल्लामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ ।

२०७५ सालमा सन्चालित एसईई परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको थियो । सो नतिजालाई हेर्दा सामुदायिक विद्यालयहरुको नतिजा सन्तोषजनक नभएको पाइएको छ ।

हेर्नुहोस् आजका पत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment