Comments Add Comment

फोहोर नउठाएको भन्दै काठमाडौंका मेयरविरुद्ध नाराबाजी

१५ असार, काठमाडौं । क्याम्पस अगाडिको फोहोर नउठाएको भन्दै काठमाडौं प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

क्याम्पस अगाडि सडकमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिँदा पनि काठमाडौं महानगरपालिकाले फोहोर नउठाएको भन्दै उनीहरुले सडक अवरुद्धसमेत गरे । विद्यार्थीहरुले फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध पनि नाराबाजी गरे ।

विद्यार्थीहरुले सडकमा थुप्रिएको फोहोर बालेर केहीबेर सडक अवरुद्ध पारेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सडक खुलाएको छ । फोहोर फाल्ने क्षेत्र सिसडोलका स्थानीय वासिन्दाको अवरोधका कारण केही दिनदेखि महानगरपालिकाले फोहोर उठाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment