Comments Add Comment

सरकारी क्याम्पसमा विज्ञान पढ्ने छात्रालाई मासिक एक हजार छात्रवृत्ति

१७ असार, बुटवल । प्रदेश ५ सरकारले कक्षा ११ मा विज्ञान विषय पढ्ने सबै छात्राहरुलाई मासिक एक हजारको दरले छात्रवृत्ति दिने भएको छ ।

विज्ञान विषयमा छात्राहरुको आकर्षण बढाउने उद्देश्यले छात्राहरुलाई हरेक महिना एक हजार नगद छात्रवृत्ति दिन ४ करोड बजेट छुट्याइएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

मुस्लिम तथा अल्पसंख्यक समुदायका ४० जना छात्रालाई अनमी र अहेब अध्ययनका लागि पनि छात्रवृत्ति प्रदान गर्न बजेट व्यवस्था गरिएको छ । मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुदायका छात्राले पनि छात्रवृत्ति पाउने छन् ।

प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा नमूना विद्यालय निर्माण गर्ने, नमूना विद्यालयमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण तथा एक जना नर्स र खेलकुद प्रशिक्षकको व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ ।

शिक्षा क्षेत्रको विकास कार्यक्रमहरुका लागि प्रदेश ५ सरकारले ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो वर्ष ५५ करोड बजेट थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment