
काठमाडौं । बंगलादेशलाई २८ रनले हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्यो । यो खेलमा शतक बनाएका रोहित शर्मा ‘म्यान अफ दी म्याच’ बने ।
खेलपछि एक व्यक्तिको धेरै चर्चा भयो, जो क्रिकेटर होइनन् । उनी हुन्, ८७ वर्षकी चारुलता पटेल ।
उनलाई सामाजिक सञ्जालमा ‘फ्यान अफ दि टुर्नामेन्ट’ समेत भन्न थालिएको छ । दर्शक दीर्घामा बसेर खेल हेरेकी उनले भारतीय टिमलाई समर्थन गरेकी थिइन् र खेलका क्रममा कयौंपटक क्यामेरामा कैद भइन् ।
How amazing is this?!
India’s top-order superstars @imVkohli and @ImRo45 each shared a special moment with one of the India fans at Edgbaston.#CWC19 | #BANvIND pic.twitter.com/3EjpQBdXnX
— Cricket World Cup (@cricketworldcup) July 2, 2019
खेलपछि भारतीय कप्तान विराट कोहली र रोहित शर्मा पनि तीनै ‘हजुरआमा’लाई भेट्न पुगे । ह्वील चेयरमा आएकी उनले दुवै खेलाडीलाई बधाई र आशीर्वाद दिइन् ।
आईसीसीले पनि चारुलतासँग कुराकानी गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।
भारतीय कप्तान विराटले पनि चारुलता आफूले भेटेकोमध्ये सबैभन्दा समर्पित प्रशंसक भएको बताएका छन् । उनले चारुलतालाई भेट्दै गरेको तस्वीरसहित ट्वीट गरेका छन्, ‘हामी सबै समर्थकलाई धन्यवाद दिन्छौं । खासगरी चारुलता पटेललाई । उहाँ ८७ वर्षको हुनुहुन्छ र मैले आजसम्म जति मानिसलाई देखेँ, उनीहरु मध्ये उहाँ सबैभन्दा बढी समर्पित प्रशंसक हुनुहुन्छ । उमेर त एउटा संख्या मात्र हो । तपाइँकाे जोश र जागरले तपाईँलाई जहाँ पनि लैजान सक्छ । आशीर्वादसँगै अर्को लक्ष्यतर्फ …’
चारुलताको जन्म भारतमा भएको होइन, तान्जानियामा हो । आमाबुबा भारतबाट गएकाले आफू पनि भारतको समर्थक भएको उनले आईसीसीसँगकाे कुराकानीमा भनेकी छन् ।
प्रतिक्रिया 4