+
+

नबिल बैंकका कार्डहोल्डरलाई बिराट अस्पतालमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १३:४०

१८ असार, काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पताल प्रालिमा विशेष छुट र सुविधा पाउने भएका छन्।

बैंक र बिराटनगर अस्पताल (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बिच सम्झौता भएको छ। सम्झौता बमोजिम बिराटनगर अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ।

ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप बिराटनगर अस्पतालसँगको सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास लिएका छौं, बैंकका बिराटनगर शाखाका प्रबन्धक राजेश दासले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?