Comments Add Comment

घाइते मार्सको स्थानमा अस्ट्रेलिया टिममा आए पिटर

२० असार, काठमाडौं । अस्ट्रेलियाका सउन मार्स अभ्यासका दौरान घाइते भएपछि विश्वकपमा बाँकी खेलका लागि उनको स्थानमा पिटर ह्याण्ड्सकोम्बलाई ल्याइएको छ ।

बिहीबार नेटमा अभ्यासका बेला मार्सको पाखुरामा चोट लागेको थियो । यसैले बाँकी खेल खेल्न नसक्ने भएपछि उनको विकल्प खोजिएको अस्ट्रेलिया क्रिकेटले जनाएको छ ।

पिटर इंग्ल्याण्डमै रहेका कारण पनि टिमलाई केही सहज भएको छ ।

अभ्यासकै दौरान घाइते भएका ग्लेन म्याक्सवेलले भने बाँकी खेल खेल्न सक्ने प्रशिक्षक जस्टिन लंगरले बताएका छन् ।

‘मार्सको दाहिने हातमा लागेको चोट हेर्दा उनको अप्रेसन नै गर्नुपर्ने देखिएको छ । यसैले उनले बाँकी खेल खेल्न सक्दैनन् । मार्स नहुँदा पक्कै पनि टिमलाई घाटा पर्ने छ । उनको भूमिका जारी विश्वकपमा राम्रो थियो’ प्रशिक्षक जस्टिनले क्रिकइन्फोसँग भनेका छन् ।

‘ग्लेन म्याक्सवेल पनि घाइते भएकोले टिम सन्तुलनमा असर पर्ने देखिएको थियो । भाग्यवश उनको चोट ठूलो छैन । बाँकी खेलमा उनी मैदान उत्रन सक्ने देखिएको छ’ प्रशिक्षकले भनेका छन् ।

पिटर विश्वकप टिमका लागि पहिले नै टोलीमा पर्ने विश्वास गरिएका खेलाडी हुन् । बल टेम्पिरिङका कारण प्रतिबन्धमा रहेका स्टेभेन स्मिथ र डेभिड वार्नर टिममा फर्किएका कारण उनको स्थान गुमेको थियो ।

विकेट किपर ब्याट्सम्यान पिटरले अस्ट्रेलियाका लागि १९ एकदिवसीय इनिङमा ६ सय २८ रन बनाएका छन् । जसमा उनको एभरेज ३४.८८ स्ट्राइक रेट ९८.५८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment