Comments Add Comment

विषादी परीक्षणको निर्णय गर्दा सचिवले डुबाए : मन्त्री यादव

२३ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नेपाल भित्रने तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सचिवहरुको भर पर्दा आफू डुबेको बताएका हुन् । ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे’ उनले भने ‘प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबाबमा निर्णय फिर्ता लिएको होइन । सचिवहरुको भर पर्दा म डुबेँ ।’

निर्णय गर्ने बेलामा सचिवहरुले विषादी परीक्षणबारे नेपालको क्षमताबारे भन्दै नभनेको मन्त्री यादवले बताए । ‘अरु सचिवले थाहा पाएनन् तर प्रधानमन्त्री कार्यालयका सचिवले यो कुरा बुझ्नुपर्थ्यो ’ उनले भने ।

मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै सबै जिम्मा आफैं लिने बताए । ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभई निर्णय गर्नु मेराे गल्ती थियाे । सबै जिम्मा म लिन्छु । पूर्वाधार बनाएपछि विषादी परीक्षण सुरु हुन्छ’ उनले भने ।

सरकारले असारदेखि लागू हुने गरी नेपाल भित्रने तरकारी तथा फलफुलमा विषादी परीक्षण गरेर विषादी नभएको पुष्टि भएपछि मात्र भित्र्याउन पाइने निर्णय गरेको थियो । तर पछि उक्त निर्णय फिर्ता लिएको थियो ।

नागरिकलाई विषादीयुक्त तरकारी र फलफुल नखुवाउने राम्रो भावनाले काम सुरु गरे पनि यसले ठूलो भूकम्प आएको मन्त्री यादवले बताए । ‘परकम्प आउने क्रम रोकिएको छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment