+
+
Shares

श्रीलंकामा हुने बेसबल कपमा नेपाल सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १७:३४

२३ असार, काठमाडौं । श्रीलंकामा आयोजना हुने १४औं पश्चिम एसिया बेसबल कपमा नेपाल पनि सहभागी हुने भएको छ ।

श्रीलंका बेसबलको आयोजना यही जुलाइ १५ देखि २० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल पनि सहभागी हुन लागेको कोलम्बोस्थित नेपाली दूतावासका तृतीय सचिव हेम भुजेलले जानकारी दिए ।

नेपालको पहिलो खेल १६ जुलाइमा आयोजक श्रीलंकासँग हुने छ । दोस्रो प्रतिस्पर्धा १७ जुलाइमा भारतसँग हुने छ ।

प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, भारत, पाकिस्तान, इरान र बंगलादेश सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?