Comments Add Comment

हारले इंग्ल्यान्डलाई झनै बलियो बनायो- प्लुंकेट

Photo Credit : Reuters

२५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा हारले इंग्ल्यान्डलाई झनै बलियो बनाएको टिमका महत्वपूर्ण सदस्य लियाम प्लुंकेटले बताएका छन् ।

लिग चरणको खेलमा इंग्ल्यान्डले पाकिस्तान, श्रीलंका र अष्ट्रेलियासँग हार ब्यहोरेको थियो । तर भारत, अफगानिस्तान, दक्षिण अफि्रका, वेष्ट इन्डिज, बंगलादेश र न्युजिल्यान्डलाई पराजित गर्दै आयोजक इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्‍यो । अब सेमिफाइनलमा फाइनल प्रवेशका लागि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

अष्ट्रेलियाविरुद्धको सेमिफाइनल अघि इंग्ल्यान्ड टिमका सदस्य प्लुंकेटले आफ्नो टिम हारले झनै बलियो बनेको प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘मलाई लाग्छ की हारले हामीलाई अझ बलियो बनाएको छ । हामीले केही खराब खेल खेल्यौं र हामीले जसरी खेल्थ्यौं यसरी खेल्न सकेनौं । तर मेरो विचारमा यो कमजोरीलाई हामीले सही समयमा पहिचान गर्‍यौं । अब हामी आफ्नो वास्तविक क्रिकेट खेल्नेछौं र अझै सुधार गर्नेछौं ।’

उनले आफ्नो टिमले विश्वकपको सुरुवातमा गरेको प्रदर्शन जसरी नै सेमिफाइनलमा खेल्ने बताएका छन् । इंग्ल्यान्डले पछिल्लो चार वर्षमा एकदिवसीय क्रिकेटमा एकदमै राम्रो खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment