+
+
Shares

आजका पत्रपत्रिका : सँगै चियापान, अनि गोली हानाहान

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते ६:५०

२६ असार, काठमाडौं । भोजपुर भिडन्त र विषादी परीक्षणबारे सर्वोच्चले दिएको अन्तरिम आदेश आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक ‘असारे विकास’, बाढीपहिरोको जोखिम, सरकारी अस्पतालको बेथितिलगायत विषयमाथि पनि पत्रिकाहरूले नजर लगाएका छन् ।

कान्तिपुरले ‘सँगै चियापान, अनि गोली हानाहान’ शीर्षक दिएर भोजपुर घटनाबारे मुख्य समाचार बनाएको छ । सँगै चियापान गरेका प्रहरी र विप्लव कार्यकर्ताबीच पछि गोली हानाहान भएको समाचारको सार छ ।

कान्तिपुर लेख्छ–सँगै चियापान गरिरहेका नीरकुमार राई पिसाब गर्न जाने भन्दै पसलबाट निस्किन खोजे । सञ्जीव राईले नीरकुमारको पाखुरा समाते । गफ गरौं । अरु साथी आउँदै छन् । दुवैबीच तानातान भयो । चन्द समूहका हतियार बोकेका कार्यकर्ता दगुर्दै होटल अघिल्तिर आए । त्यतिबेला तानातानकै क्रममा नीरकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द्र समूहका कार्यकर्ताले गोली प्रहार गरे । त्यति नै बेला घटनास्थल आइपुगेको हतियारधारी प्रहरीले पनि गोली प्रहार गरे ।’

विषादी परीक्षण रोक्न सर्वोच्चले गरेको आदेश र भारतीय दबावबारे प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा प्राथमिकतापूर्वक समेटेको छ । कान्तिपुरका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले अनभिज्ञ राखेको बताएका छन् ।

यसअघि उद्योग मन्त्री मात्रिका यादवले पनि यस्तै प्रतिक्रिया दिएका थिए ।

समाचार अनुसार भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएकोबारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले जिकिर गरेका छन् ।

‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो । तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनेँ । तर, २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ । म त्यसबाट दुखित छु’, प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा विषादी परीक्षणबारे दिएको प्रष्टीकरण कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपथ्र्यो । यथार्थ मबाट लुकेको रहेछ ।

अन्नपूर्णले असारेविकासमाथि केन्द्रित भएर सामग्री छापेको छ । अन्नपूर्णका अनुसार आर्थिक वर्ष सकिनै लाग्दा सरकारको दैनिक विकास खर्च अत्यधिक बढ्दै गएको छ । महालेखा नियन्त्रण्क कार्यालयले असार १५ पछि दैनिक एक अर्ब रुपैयाँ हाराहारीमा खर्च हुँदै आएकोमा मंगलबार र बुधबार दैनिक पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च भएको जनाएको छ ।

भवन भासिँदा भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा एकै परिवारका तीन नेपालीको मृत्यु भएको दुःखद् खबरलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा स्थान दिएको छ । मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?