Comments Add Comment

आफुभन्दा बढी उमेरका महिलासँग घरजम

विवाहका लागि केटा र केटीको उमेर-अन्तर कति हुनुपर्छ ? ठ्याक्कै मापदण्ड कसैले तयार गरेका छैनन् । विवाहका लागि केटाको उमेर बढी हुनुपर्छ वा केटीको ? यसको पनि सर्वमान्य नियम छैन । यद्यपी हाम्रो समाजमा केटाभन्दा कम उमेरकै केटी खोजिन्छ । हामीकहाँ मात्र होइन, विश्वमै यस किसिमको प्रवृत्ति पाइन्छ ।

आखिर केटाभन्दा केटीको उमेर किन कम हुनुपर्छ होला ? यसको कुनै वैज्ञानिक कारण छ ? पक्कै छैन । विवाहका लागि योग्य भएपछि केटा र केटीले एकअर्कालाई रोज्न पाउँछन् । अंगाल्न पाउँछन् । तर, यसमा उमेरको कुनै भेद हुँदैन ।

यद्यपी आफु समान वा आफुभन्दा बढी उमेरका केटीसँग विवाह गर्ने प्रवृत्ति दुर्लभ छ । यो एक मनोवैज्ञानिक कारण हो । केटाको तुलनामा केटीको उमेर कम हुनुपर्छ भन्ने मान्यता पितृसत्तात्मक सोंचबाट प्रेरित छ । श्रीमान्ले नै आर्थिक, सामाजिक, भावनात्मक सुरक्षा प्रदान गर्छ भन्ने मनोविज्ञानबाट यो प्रचलन विकास भएको पाइन्छ ।

तर, अहिले समय फेरिएको छ । श्रीमानको कमाईमा आश्रति हुने महिलाको संख्या पातलिदैछ । महिला-पुरुष सराबरी आयआर्जनदेखि अन्य गतिविधिमा संलग्न हुन थालेका छन् । यस्तो अवस्थामा श्रीमतीले श्रीमान्बाटै आर्थिक, सामाजिक, भावनात्मक सुरक्षा खोजिरहन्छ भन्ने कुरा पुरानो हुन थालेको छ ।

यद्यपी विवाहका लागि बढी उमेरका केटी खोजिने प्रवृत्ति त्यती छैन । यदि बढी उमेरका केटीसँग कम उमेरका केटाले विवाह गर्दैछ भने धेरैले त्यसमा चासोपूर्वक दृष्टि फैलाउने गर्छ । आखिर किन आफुभन्दा बढी उमेरकै केटी खोजे ? मान्छेमा प्रश्न जाग्छ ।

७० बषिर्य पुरुषले २० बषिर्य किशोरीसँग विवाह गरेको उदाहरण छन् । तर, आफुभन्दा दोब्बर उमेरका महिलासँग विवाह गर्ने पुरुष सायदै फेला पर्छ । पछिल्लो समय चाहि बलिउड अभिनेत्री पि्रयंका चोपडाले आफुभन्दा करिब १० बर्ष कम उमेरका निक जोनससँग विवाह गरिन् । नेपाली अभिनेत्री पि्रयंका कार्की र उनका हुनेवाला श्रीमान् आयुशमान देशराज जोशीको उमेर अन्तर पनि त्यस्तै छ । आयुशमान भन्दा पि्रयंका उमेरले जेठी हुन् ।

आफुभन्दा बढी उमेरका महिलासँग विवाह गर्नका लागि पुरुषहरु किन राजी हुन्छन् ? यसमा केही कारण देखिन्छ ।

कतिपय पुरुषको यस्तो स्वभाव हुन्छ कि, जो अरुबाट आश्रय र सुरक्षा खोज्छन् । यस किसिमको मनोविज्ञान भएका पुरुषले पनि आफ्नी श्रीमती परिपक्क एवं बढी उमेरकै होस् भन्ने चाहन्छन् । श्रीमतीको आडभरोसामा बस्न चाहने पुरुषहरुले बढी उमेरका महिलासँग विवाह गर्छन् ।

त्यसो त उमेर बढेसँगै मान्छेमा परिपक्कता बढ्छ । उमेर एवं समयले मान्छेलाई धेरै कुरा सिकाउँछ । भोगाई, बुझाई, सोचाईको दायरा परिपक्क हुने भएकाले बढी उमेरका महिलासँग पुरुषहरु विवाहका लागि राजी हुन्छन् ।

आफुभन्दा कम उमेरकी महिला पारिवारिक जीवनमा चाडै प्रवेश गर्न सक्दैनन् । कतिपय कुरामा सम्झौता गर्न तयार हुँदैनन् । उनीहरुको सोंच, व्यवहार सबै अपरिपक्क हुन्छ । यस्तै सोचाईले पनि कतिपय पुरुषले आफुभन्दा परिपक्क श्रीमती खोज्ने गर्छन् ।

बढी उमेरकी महिला जिम्मेवार हुन्छन्, आफ्नो कर्तव्य सम्झन्छन् भन्ने सोंच पनि हुन्छ । पारिवारिक मर्यादालाई उनीहरुले राम्ररी बुझ्छन् भन्ने हुन्छ । यसैगरी उनीहरु हरेक कुराका लागि श्रीमान्को मुख ताक्दैनन् । आफैमाथि निर्भर हुन्छन् । अझ उनीहरुले आफ्नो कमाईबाट घरखर्च समेत चलाउँछन् । यही सोचाईले बढी उमेरका महिलासँग पुरुषहरु विवाह गर्न तयार हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment