Comments Add Comment

लण्डनका ६० बसमा नेपाल प्रवर्द्धन

२ साउन, काठमाडौं । बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार बोर्ड र बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान शुरु भएको छ । त्यसक्रममा करिब ६० वटा रुटमास्टर बसमा नेपालको पोस्टर टाँसिएको छ ।

पोस्टर अंकित बसहरु बेलायतको पार्लामेण्ट स्क्वायर, वेस्टमिस्टर, ट्राफल्गर स्वायर, केन्सिन्ग्टन हाइ स्ट्रीट, अक्सफोर्ड स्ट्रीटलगायत विभिन्न १८ रुटमा गुड्ने गरेका छन् ।

करिब ३ सातासम्म यो अभियान जारी रहने बोर्डले उल्लेख गरेको छ । यस अवधिमा करिब ४५ लाख विदेशीबीच नेपालको प्रचार हुने अपेक्षा बोर्डको छ ।

नेपाल भ्रमणमा आउने यूरोपेली पर्यटकमध्ये सबैभन्दा धेरै बेलायती छन् । सन् २०१९ को ६ महिना अवधिमा बेलायतबाट २८९५१ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment