+
+
Shares

प्रदेश ५ का शिवधामहरुमा जलार्पण गर्नेहरुको घुइँचो (फोटो फिचर)

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ साउन ६ गते १४:४९

६ साउन, बुटवल । साउनको पहिलो सोमबार आज देशभरका शिवधामहरुमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको पि्रय भएकाले यस दिन शिवालयमा पूजा, ब्रत, दर्शन एवं जल चढाउने परम्परा छ ।

साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा गर्ने चलन बढ्दै गएको छ । यस्मा युवापुस्ताको पनि बाक्लो सहभागिता हुँदै गएको देखिन्छ ।

साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले शिवधामहरुमा बिहानैदेखि श्रद्धालुको ओइरो लागेको हो ।

प्रदेश ५ का शिवधामहरु मुक्तिनाथधाम, सैनामैनाको पर्राेहा परमेश्वर बोलबमधाम, नरेनापुर शिवधाम, सिद्धबाबाधाम, निलकण्डबाबा धामहरुमा पनि बिहानैदेखि भक्तजन जर्लापणका लागि पुगेका छन् ।

बुटवल १२ मा रहेको मुक्तिनाथधाममा सोमबार बिशेष आरतीसहित रुद्धाभिषेकको आरम्भ गरिएको छ । धाममा प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरिले पूजाअर्चना गरे । उनले धामलाइ ऐतिहासिक स्थलका रुपमा विकास गरिने र धार्मिक पर्यटनको संभाबना भएकाले प्रयाप्त विकास गरिने बताए ।

धाममा प्रमुख संरक्षक स्वामी लोकानन्दले प्रदेशकै मुल धामको रुपमा मुक्तिनाथधामलाई स्थापित गरिएको बताए । उनले धामको गुरुयोजना पूरा गर्नए थप ३ करोड आबश्यक रहेको बताए । धाममा बिहानैदेखि श्रद्धालुको भीड लागेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?