+
+
Shares

‘लभ यू हमेशा’को टिजर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १५:२५

लभस्टोरी कथामा निर्माण भएको चलचित्र ‘लभ यू हमेशा’को टिजर सार्वजनिक गरिएको छ । भाष्कर प्रधानको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई भदौ २७ गते रिलिज गर्ने तयारी गरिएको छ ।

युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सह–निर्माता रहेको यो चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल ,सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा, करुणा श्रेष्ठ, निराजन मेहत्ताा, पीटी योल्मो, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत रहेको यो चलचित्रमा एनवी महर्जनको एक्सन छ भने कमल राईको कोरियोग्राफी छ । शिब ढकालले खिचेको चलचित्रको छायांकन भारतको कालेबुङ, सिलगुडीमा गरिएको हो ।

चलचित्रका मुख्य कलाकार यशराजले कथा निकै राम्रो रहेकाले आफूले पनि मिहिनेतका साथ काम गरेको बताएका छन् । अभिनेत्री ऋचा करिअरमा अझै माथि पुग्ने आशा गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?