+
+

शान्ति, सुरक्षा कायम गर्न गृह मन्त्रालय सफल : बादल

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १५:४१

७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति, सुरक्षा कायम गर्ने विषयमा गृह मन्त्रालय सफल रहेको बताएका छन् ।

राष्ट्र विखण्डन र पृथकतावादको चुनौती सफलतापूर्वक अवतरण गरेको सुनाउँदै थापाले सुन तस्करीको सञ्जाल र आर्थिक अपराध नियन्त्रणमा पनि गृह मन्त्रालय सफल रहेको बताएका हुन् ।

एक वर्षे कार्य प्रगति सार्वजनिक गर्न मंगलबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बादलले भने, ‘अब हाम्रो चुनौती भनेको राजनीतिक स्थायित्वको हो । राजनीतिक उपलब्धीलाई रक्षा गर्ने हो ।’

अन्तर्राष्ट्रिय संघसंस्थाको प्रतिवेदनको निष्कर्ष पनि नेपाल प्रहरी शान्ति, सुरक्षा कायम गर्न सफल छ भन्ने रहेको उनले बताए । तर, यसको अर्थ ‘शान्ति सुरक्षा कायम गर्न सफल’ भन्ने पनि नभएको उनले जनाए ।

हिंसात्मक गतिविधिमा संलग्न विप्लव समूहलाई पनि मुलधारमा ल्याउन छलफल भइरहेको उनले बताए ।

गृहले एक वर्षमा केके गर्‍यो ? (सूची)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?