Comments Add Comment

पीएसजीमै बस्न नेइमारलाई एम्बाप्पेको आग्रह

काठमाडौं । केलियन एम्बाप्पेले टिममेट नेइमारलाई पेरिस सेन्ट जर्मेनमै बस्न सल्लाह दिएका छन् ।

ब्राजिलियन फुटबलर नेइमार क्लब छाड्न चाहन्छन् । उनको पूर्व क्लब बार्सिलोना पनि उनलाई भित्र्याउन इच्छुक देखिएको छ । तर, केही टुंगिएको छैन ।

आफूले उनलाई सम्मानका साथ पीएजीमा बस्न आग्रह गरेको एम्बाप्पेले बताएका छन् । ‘उनलाई थाहा छ कि उनको ठाउँमा भएको भए के सोच्थेँ’ उनले भने, ‘म उनको सम्मान र प्रशंसा गर्छु ।’

प्रशिक्षक थोमस टुचेलले पनि आफूहरु नेइमारसहित लिगको पहिलो खेल खेल्ने पर्खाइमा रहेको बताए । उनले भने, ‘उनलाई फुटबल मन पर्छ र जब उनी मैदानमा हुनछन्, उनले आफ्नो बेष्ट दिन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment