+
+
Shares

सुनकाण्डमा सर्वोच्चको आदेश : उच्च अदालतको आदेश सदर

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते १७:००

काठमाडौं । सर्वोच्च अदालतले सुनकाण्डमा महावीर गोल्यान बाहेक अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालतले उनलाई पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै सदर भएको छ ।

यो आदेशसँगै निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिड थुनामा नै रहने भएका छन् ।

उच्च अदालतले सई बालकृष्ण सञ्जललाई साधारण तारेख छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?