+
+
Shares

पत्रकारलाई कारवाहीको चेतावनीपछि एनआरएनए स्पेनमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते १८:३०

१७, साउन, बार्सिलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन विवादमा तानिएको छ ।

पत्रकार दीपेन्द्र गजुरेललाई एनआरएनए स्पेनको छविमा आँच आउने काम गरेको भन्दै कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति सार्वजनिक गरेपछि संघ विवादमा तानिएको हो ।

एनआरएनए स्पेनले संघको छविमा आँच आउने काम गरेको भन्दै ‘लिगल प्रोसेस’ बाट गजुरेललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गजुरेलले दुर्घटनाको खबरलाई अतिरञ्जित गरेको, संघको छविमा आँच आउने काम गरेको, स्पेनस्थित नेपाली राजदूताबासलाई बदनाम गरेको तथा विभिन्न व्यक्तिहरुको चरित्र हत्या गर्दै समाज भाँड्ने काम गरेको संघले आरोप लगाएको छ ।

संघले सोमबार जारी गरेको विज्ञप्तिमा पत्रकार भन्ने शब्द कतै उल्लेख गरिएको छैन । ‘दीपेन्द्र गजुरेल भन्ने ब्यक्तिबाट’ भनिएको छ ।

स्पेनको म्याड्रिड निवासी गजुरेलले युरोपबाट नेपाल समाचार पत्र दैनिकमा समाचार लेख्दै आएका छन् ।

पत्रकार महासंघले भन्यो- माफी नमागे आन्दोलन

नेपाल पत्रकार महासंघ युरोप शाखाले एनआरएनए स्पेनको उक्त कदमप्रति कडा शब्दमा बिरोध जनाएको छ । एनआरएनए स्पेनजस्तो सामाजिक संस्थामा व्यक्तिवादी सोच हावी भएको भन्दै महासंघको युरोप शाखाले विज्ञप्तिमार्फत ध्यानाआकर्षण गराएको छ ।

बुधबार युरोप शाखाका अध्यक्ष केजिन राईले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि एनआरएन स्पेनले गरेको कारवाहीको निर्णय तत्काल सच्चाउन अनुरोध गरेका छन् ।

राईद्वारा जारी विज्ञप्ति मा भनिएको छ, ‘सामान्य प्रकृयासमेत नबुझ्ने एनआरएन स्पेनका अध्यक्षले तत्काल गल्ती सच्याउँदै माफी नमागे युरोप शाखा कडा आन्दोलनमा जान बाध्य हुनेछ ।’

समाचारमार्फत खबरदारी गरेकै भरमा पत्रकार गजुरेलप्रति लक्षित गरेर एनआरएनए स्पेनले विज्ञप्ति जारी गरेको भन्दै महासंघको युरोप शाखाले खेद प्रकट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?