Comments Add Comment

नेपाल एयरलाइन्सद्वारा आन्तरिक विमानस्थलमा धमाधम परीक्षण उडान

१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सले आन्तरिक विमानस्थलहरुमा चिनियाँ जहाज वाई १२ इ जहाजबाट धमाधम परीक्षण उडान शुरु गरेको छ ।

चाडबाड नजिकिएसँगै निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउने गरी परीक्षण उडानलाई तिब्रता दिएको हो ।

आन्तरिक उडानको सुदृढ बनाउनु पर्यटन वर्ष २०२० का लागि पनि महत्वपूर्ण रहेको निगमले उल्लेख गरेको छ । निगमले १८ साउनमा चौरजहारी विमानस्थलमा सानो जहाजबाट परीक्षण उडान सम्पन्न ग¥यो । सोही दिन ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा समेत सफल परीक्षण उडान गरिएको निगमले जानकारी दिएको छ ।

२० साउनमा भोजपुर, २१ र २२ साउनमा बाजुरा र तुम्लिङटारमा पनि ‘वाई १२ ई’ जहाजबाट परीक्षण उडानको तयारी रहेको निगमले उल्लेख गरेको छ । यो १७ सीट क्षमताको जहाज हो ।

अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रर्वद्धनमा थप योगदान पुर्‍याउने लक्ष्य लिएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

निगमसँग ४ वटा वाई १२ इ जहाज छन् । तर, पाइलट अभाव र प्रभावकारी व्यवस्थापनको अभावले यी जहाज थन्किएर बसेका थिए । निगमले शुक्रबार मात्र यी जहाज उडाउन ८ जना पाइलट भर्नाको प्रक्रिया थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment