Comments Add Comment

साम्राज्ञीको प्रश्न–‘यति धेरै घृणा किन ?’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले दर्शकको गाली मात्र आइरहँदा तनाव भैरहेको छ । आफ्नो प्रेमीसँग बालीमा खिचेको तस्वीर भाइरल भएपछि उनी तनावमा परेकी हुन् । उक्त तस्वीर सार्वजनिक भएसँगै साम्राज्ञीले धेरै नराम्रो प्रतिकृया पाइन् । त्यसैको आवेगमा उनले ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भन्दै इन्स्टाग्राममा लेखिन् । सोही कुराले पनि दर्शकको उनलाई हेर्ने नजर बदलिएको छ ।

चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएसँगै यसको प्रशंसा भैरहेको छ । नायक पुष्प खड्काको पनि दर्शकले तारिफ गरिरहेका छन् । तर, साम्राज्ञीले भने दर्शकको गाली नै सहनुपरेको छ ।

यो कुराले साम्राज्ञीको करिअरमा नै असर परेको विश्लेषण पनि गरिएको छ । साम्राज्ञीले यी सबै कुरा देखिसकेपछि इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गर्दै ‘यति धेरै घृणा किन ?’ भनेर प्रश्न गरेकी छिन् ।

उनले भनेकी छिन्–‘राम्रो काम गर्न छोडी अरुको कुरा काटेर आफ्नो समय फाल्नेहरुसँग म माफी चाहान्छु । साच्चै, मान्छेले किन यति धेरै घृणा गर्छन् ? अरुको अनुहारमा हाँसो देख्न नपाएर के पाउनु भयो ? मलाई यो कुराबाट छुटकारा चाहिएको छ ।’

साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारूनी’ र ‘रातो टिका निधारमा’ रिलिजको तायरीमा छन् । यी दुबै चलचित्रलाई साम्राज्ञीको पछिल्लो गतिविधीले असर गर्ने विश्लेषण भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment