Comments Add Comment

भित्री बस्त्रको प्रयोगमा अपनाउनुपर्ने सावधानी 

हामी अनुभव तथा ज्ञानको अभावमा स-साना कुराहरुमा समेत धेरै वटा गल्तिहरु गरिरहेका हुन्छौं । त्यस्ता गल्ती घर भित्र अथवा घर बाहिर जहाँ पनि हुन सक्छन् । त्यस्ता गल्तिहरु साना पनि हुन सक्छन् भने ठुला पनि । जस्तो कि, भित्री बस्त्र धुने कुरा । भित्री बस्त्र सही तरीकाले नधुनु भनेको शरीरमा संक्रमणलाईर् निम्तो दिनु जस्तै हो ।

कोठाको तापमान बराबरको पानीमा भित्री बस्त्र धुनाले ब्याक्टेरिया र इन्फेक्सन बढ्छ । चिकित्सकहरुका अनुसार ६० डिग्री भन्दा कम तापमान भएको पानीले अण्डरवेयर अथवा पाइन्ट धुँदा ब्याक्टेरियाहरु नष्ट हुँदैनन् । जसले गर्दा तपाईंको भित्री बस्त्र संक्रमित हुनसक्छ र तपाईंको गोप्य अंग त्यसको सम्पर्कमा आएर तपाईं स्वयं नै संक्रमणको शिकार हुन सक्नु हुनेछ ।

यदि तपाईंको गोप्य अंगको वरिपरिको भागमा सधैं चिलाउने, दाद आउने, कालोपन देखि जस्ता समस्याहरु छन् भने तपाईंलाई संक्रमण भएको हुनपर्छ ।  त्यसको महत्वपूर्ण कारण भनेको तपाईंको भित्री बस्त्र हुन सक्छ ।

भित्री बस्त्रमा पहेंलो दाग, गहिरो रंग बस्नुलाई सामान्य सम्झनु हुँदैन । त्यसलाई सर्फ र तातोपानीले हटाउने कोसिस गर्नु पर्छ ।  यदि त्यस्ता दाग गएन भने तुरुन्त आफ्नो अण्डरवेयर बदल्नु पर्छ । यद्यपि, त्यो दाग हटाउनका लागि एसिड अथवा ब्लीचको प्रयोग गर्नु हुँदैन ।

सधैं आफ्नो भित्री बस्त्रलाई मनतातो पानीले धुनुपर्छ । यदि मनतातो पानीले धुन सम्भव छैन भने लाउन्ड्री सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।

कसरी धुने भित्री बस्त्र ?

दिनहुँ लगाइने अण्डरवेयर दिनहुँ धुनु अति आवश्यक छ । किनभने भित्री बस्त्रको सिधा सम्पर्क तपाईँको छालासंग हुन्छ । त्यसैले तपाइर्ंको भित्री बस्त्र सफा, सुकिलो र हाइजेनिक हुन अति आवश्यक छ ।

अण्डरवेयर दिनहुँ धुन अल्छि लाग्न सक्छ । जसकारण तपाईं आफ्नो भित्री बस्त्रलाई अन्य कपडासँगै वाशिङ मेसिनमा धुने गर्नु हुन्छ । तर यसो गर्नु गलत हो । भित्री बस्त्रलाई अन्य कपडासंगै धुँदा अण्डरवेयरमा भएका इन्फेक्सनहरु अन्य कपडामा पनि सर्ने भएकोले अण्डरवेयरलाई छुट्टै धुनु पर्छ ।

सकेसम्म भित्री बस्त्र, ब्रा र शर्ट् इत्यादि हातले नै धुनु पर्छ । यदि यी कुराहरु वाशिङ मेसिनमा नै धुनु पर्‍यो भने सिधै मेसिनमा नहाल्नुहोस् । तिनीहरुलाई मेस वासिङ ब्यागमा राखेर भिन्दै धुनु पर्छ । अण्डरवेयरहरु जम्मा गरेर एकै पटक वाशिङ मेसिनमा अन्य कपडाहरु भन्दा छुट्टै राखेर धुनु पर्छ ।

वासिङ मेसिनमा तिनीहरुलाई एकै साथ धुनको फाइदा के भने त्यसमा धुने र सुकाउने जस्ता कुरालाई एकै पटक म्यानेज गर्न सक्नु हुनेछ । वासिङ मेसिनमा भएको हट वाटर अप्सन छनोट गरेर तपाईंले अण्डर गार्मेन्ट्सहरुलाई हल्का मन तातो पानीमा धुन सक्नु हुन्छ । त्यसरी धोइएका अण्डरगार्मेन्टहरुलाई हल्का घाममा सुकाउनु पर्छ, ताकि तिनीहरु इन्फेक्सनमुक्त रहन सकून् । यदि तपाईंले वासिङ मेसिनमा अण्डर गार्मेन्ट्सहरु धुने योजना बनाउनु भएको छ भने धुलाई सम्बन्धित सूचनाहरु ध्यानपूर्वक अध्ययन गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment