 
																			१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसहितका दलहरूसँग हुन लागेको एकता सुटुक्क र व्यक्तिगत रुपमा नभएको स्पष्टीकरण दिएका छन् ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले वार्ता टोली बनाएर नै एकता प्रक्रिया अघि बढाइएको जिकिर गरे ।
‘यो सुटुक्क र व्यक्तिगत रूपमा एकता गरेको पनि हैन । सचिवालय स्थायी कमिटीको निर्णय अनुसार, वार्ता टोली बनाएर बकाइदा एकता प्रक्रिया अगाडि बढाएको हो,’ नेपालले बैठकलाई सम्बोधन गर्दै भनेका छन् ।
साथै, उनले माओवादी केन्द्रसँग मात्रै नभइ महेन्द्र राय यादव, विप्लवको एउटा समूहसँग पनि एकता हुने जानकारी दिए । नेपालको दाबी अनुसार, जेनजीको वार्तामै बसेका मान्छेहरू पनि एकता प्रक्रियामा सामेल हुन खोजेका छन् ।
‘यो माओवादी केन्द्रसँग मात्र होइन, महेन्द्र राय यादव, आज विभाजन भएको विप्लव समूहसँग पनि एकता हुन्छ । जेनजीको वार्तैमा बसेका मान्छेहरू पनि आउन खोजेका छन् पार्टीमा,’ उनले भनेका छन् ।
अध्यक्ष नेपालले प्रचण्डलाई नेतृत्व छाड्न सुझाएको पनि बताए । त्यस्तै, उनले आफू पनि संसार घुम्न मन भएको र त्यही अनुसार नेतृत्वमा नबस्ने घोषणा गरे ।
‘मैले प्रचण्डलाई ३६/४० वर्षभयो नेतृत्व छोड्नुहोस् भनेको छु । म पनि संसार घुम्न मन छ । नेतृत्वमा बस्दिनँ,’ नेपालले भनेका छन्, ‘विप्लवलाई हाम्रो अझै पनि ढोका खुला छ । मैले महासचिव हुनुस् भनेको थिएँ, तर उहाँले मान्नुभएन ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4