+
+
Shares

अनलाइनखबर ५० प्रभावशाली महिला २०८२ को मनोनयन खुला

अनलाइनखबरले यस वर्ष पनि ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गर्ने भएको छ । यसका लागि अनलाइनखबरले शुक्रबार मनोनयन खुला गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरले ८ मार्च (अन्तर्राष्ट्रिय महिला दिवस) को अवसरमा ५० प्रभावशाली महिला २०८२ को सूची सार्वजनिक गर्नेछ।
  • मनोनयन मंसिर ५ गते साँझसम्म खुला गरिएको छ र पाठक, स्रोत तथा सहकर्मीबाट प्राप्त नाममा आधारित सूची तयार गरिनेछ।
  • प्रारम्भिक सूची छनोट समितिलाई पेश गरिनेछ र अन्तिम सूची ८ मार्चमा सार्वजनिक गरिनेछ।

१४ कात्तिक, काठमाडौं । अनलाइनखबरले यस वर्ष पनि ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गर्ने भएको छ । यसका लागि अनलाइनखबरले शुक्रबार मनोनयन खुला गरेको छ ।

अनलाइनखबरले हरेक वर्ष ८ मार्चमा नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञान–विज्ञान आदि क्षेत्रका महिलाको अर्थपूर्ण उपस्थितिलाई सार्वजनिक मञ्चमै गणना हुने विषय बन्न सकोस् भनी ५० प्रभावशाली महिलाको सूची तयार गर्ने गरेको छ’, मनोनयनका लागि गरिएको आह्वानमा उल्लेख गरिएको छ ।

‘यो अभियान २०८० सालदेखि शुरु गरिएको हो र अनलाइनखबरले ८ मार्च (अन्तर्राष्ट्रिय महिला दिवस) को अवसरमा नेपालका ५० सबैभन्दा प्रेरणादायी र प्रभावशाली महिलालाई पहिचान गरी सम्मान गर्दै आएको छ’ अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले भने, ‘ती महिलाहरू आफ्नो क्षेत्रमा महत्त्वपूर्ण प्रभाव छोड्दै परिवर्तन ल्याउने व्यक्तिहरू हुनेछन्।’ 

बस्नेतले थपे, ‘यो प्रयत्न महिलाहरूको संघर्ष, सशक्तीकरण, निरन्तरको साधना र प्रतिभालाई उत्सवको रूपमा मनाउने एउटा महोत्सव पनि हो।’

अनलाइनखबरले २०८०२०८१ सालको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पनि ५० प्रभावशाली महिलाको सूची प्रकाशन गरेको थियो ।

यसका लागि तपाईंले मनोनयन गर्नुभएको र हाम्रो समाचार कक्षका सहकर्मीविभिन्न सरोकारवाला तथा स्रोतहरूले दिनुभएको सूचनामा आधारित रहेर हामी प्रारम्भिक सूची बनाउँदैछौं’, बस्नेतले भने ।

उनका अनुसार, उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समितिसमक्ष पेश गर्ने र उनीहरूको छनोट तथा सिफारिसमा आधारित भएर ५० प्रभावशाली महिलाहरूको अन्तिम सूची ८ मार्चमा सार्वजनिक गरिनेछ । 

मनोनयन गर्ने समय मंसिर ५ गते साँझसम्म तोकिएको छ । 

मनोनयन गर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?