+
+
Shares

महांकाल गाउँपालिका उपाध्यक्ष गोलेले गरिन् मासिक तलबभत्ता नलिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ९:२१

काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोलेले राज्यबाट मासिक रुपमा पाउने तलबभत्ता वापतको रकम सामाजिक सेवाको क्षेत्रमा खर्च गर्ने घोषणा गरेकी छन् । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उपाध्यक्ष गोलेले सो घोषणा गरेकी हुन् ।

अनलाइनखबर डटकमको २०८१ सालको ५० प्रभावशाली महिलामा छनौट भएकी गोलेले सामाजिक सन्जालमा लेखेकी छन्, ‘महिला दिवसको अवसरमा तपाईंहरु आमा, दिदी, वहिनीलाई साक्षी राखेर अबबाट मैले राज्यबाट पाउने तलव भत्ता वापतको रकम नलिने र मासिक रुपमा आउने तलब भत्ता बापतको रकम जेष्ठ नागरिक, अपाङ्गता, महिला, किसान, शिक्षक, युवा, स्वास्थ्य स्वयंसेविका लगायत क्षेत्रमा खर्च गरिने घोषणा गरेको छु ।’

उनले थप लेखेकी छन्, ‘मैले प्रयोग गर्दै आएका सरकारी सवारी साधन समेत परिवारमा कोही सहारा नभएका जेष्ठ नागरिक, अपांग भएको अति विपन्न नागरिकहरु सरकारी सेवा लिन पालिका र वडा आउन जानका लागि मासिक वृद्धभत्ता लिन पालिका केन्द्रको बैंकसम्म पुर्‍याउन सहजीकरण गरिनेछ ।’

यद्यपि पालिकाभरिबाट मात्र यो सेवा उपभोग गर्न पाइने उनको भनाइ छ । त्यसका लागि महांकाल गाउँपालिका महिला तथा बालबालिका शाखाले सम्बन्धित वडा अध्यक्ष जनप्रतिनिधि एवं सचिव र स्वास्थ्य स्वयंसेविकाहरुसँग समन्वय गरेर यो सेवा लिन सकिने उपाध्यक्ष गोलेको भनाइ छ ।

फेसबुकमा आफ्नो मोबाइल नम्बरसमेत सार्वजनिक गरेर उनले भनेकी छन्, ‘खुलेर भन्नुस्,  तपाईंको आपत–विपत, दु:खको पीडामा मसँगै रहनेछु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?