News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका समीक्षा अधिकारीले अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा समावेश हुन पाउँदा खुसी र आभारी रहेको बताएकी छन्।
- सोमबार आयोजित समारोहमा २०८२ सालका प्रभावशाली महिलालाई अवार्ड प्रदान गरिएको थियो।
- समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अवार्ड पाएको फोटो सेयर गर्दै धन्यवाद व्यक्त गरेकी छन्।
काठमाडौं । गायिका समीक्षा अधिकारीले अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा समावेश हुन पाउँदा खुसी र आभारी रहेको बताएकी छन् । सोमबार आयोजित भव्य समारोहमा २०८२ सालका प्रभावशाली महिलालाई अवार्ड प्रदान गरिएको थियो ।
समीक्षा अवार्ड लिन आफै उपस्थित नभएपनि उनी निकटले अवार्ड लिएका थिए । आफूले अवार्ड पाएको अवार्ड र प्रमाणपत्र सामाजिक सञ्जालबाट सेयर गर्दै समीक्षाले खुसी जनाएकी हुन् ।
उनी लेख्छिन्, ‘५० प्रभावशाली महिला २०८२’ मा सम्मानित हुन पाउँदा अत्यन्तै खुसी र गर्व लागेको छ । यो उपलब्धि केवल मेरो मात्र होइन, मलाई साथ र विश्वास गर्ने सम्पूर्ण सबैको हो । यस यात्रामा साथ दिने सबैप्रति हार्दिक धन्यवाद ।’
उनले फोटो सेयर गर्दै खुसी र आभारी रहेको बताएकी छन् ।
१९ वर्षको कलिलो उमेरमा स्टुडियो छिरेकी समीक्षा अहिलेकी चर्चित र लोकप्रिय गायिका हुन् । गायिका शान्तिश्री परियार, डान्सर आश्मा विश्वकर्मा, अभिनेत्री आशा गौतम पनि सूचीमा समावेश छन् ।


प्रतिक्रिया 4