News Summary
Generated by OK AI. Editorially reviewed.- डान्सर आश्मा विश्वकर्माले अनलाइनखबरको ‘५० प्रभावशाली महिला २०८२’ सूचीमा समावेश हुन पाउँदा सपनाजस्तो लागेको बताएकी छन्।
- आश्माले अवार्डपछि आफ्नो मिहेनतमा अझै केन्द्रित भएर देशको नाम उच्च बनाउन चाहेको उल्लेख गरेकी छन्।
- उनी १६ वर्षको उमेरदेखि ‘बी गर्ल’ डान्सर हुन् र ‘कार्टुन्ज क्रू’ समूहसँग आबद्ध छिन्।
काठमाडौं । चर्चित डान्सर आश्मा विश्वकर्माले अनलाइनखबरको ‘५० प्रभावशाली महिला २०८२’ को सूचीमा सामेल भएपछि उत्साहपूर्ण प्रतिक्रिया दिएकी छन् ।
यो सम्मान ग्रहण गर्न पाउँदा आफूलाई सपनाजस्तै लागेको र आफूले सपना बाँचेको उनले बताएकी छन् ।
यो अवार्डपछि आफ्नो मिहेनतमा अझै केन्द्रित हुन मन लागेको बताउँदै आश्माले आफ्नो देशको नाम अझै उच्च भएको हेर्न चाहेको बताएकी छन् ।
भन्छिन्, ‘धन्यवाद । म र मेरो परिवार धेरै खुसी छौं । यो अवार्ड पाएपछि मेरो मिहेनतमा अझै बढी फोकस गर्न मन लागिरहेको छ । मलाई धेरै माया गर्ने शुभचिन्तक, उहाँहरुले गर्दा सपनामा छु जस्तो लागेको थियो । सपनालाई बाँच्न पाएँ ।’

सम्मानले आफूलाई अझै जिम्मेवार बनाएको उनको भनाइ छ । ‘आगामी दिनमा उत्कृष्ट काम गर्न, कलामार्फत समाजमा सकारात्मक सन्देश दिन र नेपाली कला संस्कृतिलाई अझै उच्च स्थानमा पुयाउन प्रेरित गरेको छ’ उनले भनेकी छन् ।
२८ वर्षिया आश्मा डेढदशकदेखि अनवरत नृत्य पेशामा संलग्न छिन् । उनी मुलुकको पहिलो ‘बी गर्ल’ डान्सर हुन् । सामाजिक संजालमार्फत उनी विश्वभर चर्चित पनि छिन् । १६ वर्षको उमेरमै बी गर्ल भनेर उनले नृत्यको संकल्पलाई अघि बढाएकी थिइन् ।
उनी चर्चित डान्स समूह ‘कार्टुन्ज क्रू’ सँग पनि आबद्ध छिन् ।
नेपालकी डान्स आइकन

प्रतिक्रिया 4