News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरले ललितपुरमा आयोजित कार्यक्रममा '५० प्रभावशाली महिला २०८२' को सूची सार्वजनिक गरेको छ।
- प्रधानसम्पादक बसन्त बस्नेतले यो सूची राष्ट्रिय दायित्वका कारण केही ढिलो सार्वजनिक गरिएको जानकारी दिनुभयो।
- सूचीमा राजनीति, समाज, कला, युवा, विज्ञान, उद्यम र डायस्पोराका ५० प्रतिनिधिमूलक महिलाहरू समावेश छन्।
अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गर्दैछ ।
ललितपुरको एक होटलमा आयोजित विशेष कार्यक्रमकाबीच केहीबेरमा ‘५० प्रभावशाली महिला २०८२’ को सूची’ सार्वजनिक हुँदैछ ।
हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष देशमा भर्खरै सम्पन्न आम निर्वाचन (फागुन २१) को चटारो र राष्ट्रिय दायित्वका कारण केही समय ढिलो गरी सार्वजनिक गरिएको अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले जानकारी दिए ।
यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।
प्रतिक्रिया 4