Comments Add Comment

आदित्य नारायण पनि बिग बोस १३ मा

भारतीय टेलिभिजनको सबैभन्दा विवादित रियालिट शो ‘बिग बोस-१३’ को घोषणा हुने बित्तिकै थुप्रै सेलिब्रेटीहरु यसमा प्रतिस्पर्धा गर्दैछन् भनेर नामहरु सार्वजनिक भएका थिए ।

अहिले आएर उक्त कार्यक्रमका लागि केही सेलिब्रेटीहरुको नाम सार्वजनिक भएको छ, जसले बिग बोसमा सहभागिता जनाउनका लागि सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । यसमध्ये लोकपि्रय गायक उदित नारायण झाका गायक तथा टेलिभिजन प्रस्तोता छोरा आदित्य नारायण पनि छन् ।

आदित्यको सहभागिताले उक्त शोले युवापुस्तामा अझ राम्रो क्रेज बनाउने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बिग बोस १३ मा सहभागिता जनाउने केही सेलिब्रेटीहरु यस्ता छन् ।

आदित्य नारायण झा

गायक, अभिनेता तथा भिडियो जक्कीको रुपमा आफ्नो छवि बनाएका आदित्य नारायण झाको नाम उक्त शोका लागि लामो समयदेखि चर्चाको विषय बनेको थियो । निकै सोच विचार गरेपछि आदित्यले उक्त शोमा सहभागिता जनाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आदित्य बलिउडमा प्राय विवादमा आइरहने सेलिब्रेटीको रुपमा चिनिन्छन् । केही समयअघि काठमाडौं आएर आफ्नो गायन प्रस्तुतीसमेत दिएका आदित्य नारायणलाई विमानस्थलका कर्मचारीसँग दुव्र्यवहार गरेको तथा रिक्सा चालकलाई कारले ठक्कर दिएर घाइते बनाएको आरोप लगाइएको थियो ।

मुग्धा गोडसे

फेसन शीर्षकको फिल्ममार्फत दर्शकमाझ स्थापित भएकी अभिनेत्री हुने मुग्धा गोडसे । मुग्धाले बिग बोसको १३ औं संस्करणमा सहभागिता जनाउने कुरामा सहमति जनाएकी छिन् । भनिन्छ, मुग्धाले उक्त शोको सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छिन् । यसअघि उनका प्रेमि राहुल देव पनि उक्त कार्यक्रममा प्रतिस्पर्धिको रुपमा सहभागि भैसकेका छन् । यद्यपि, आफ्नो स्वभावका कारण उनी लामो समयसम्म बिग बोसको घरमा टिक्न सकेका थिएनन् ।

राजपाल यादव

बलिउडका लोकपि्रय हास्य कलाकार हुन् राजपाल यादव । एउटा नेपाली फिल्ममा समेत अभिनय गरेका राजपालले दर्जनौं हिन्दी फिल्महरुमा अभिनय गरेर दर्शकलाई हँसाएका छन् । यादवले हालै मात्र बिग बोसको १३ औं संस्करणमा प्रतिस्पर्धिको रुपमा सहभागिता जनाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । पछिल्लो पटक आफूले लिएको बैंकको ऋण तिर्न नसकेर उनी जेल समेत गएका थिए ।

चंकी पाण्डे

आफ्नो कमिक टाइमिङका कारण बलिउडका फिल्ममा छुट्टै पहिचान बनाउन सफल भएका अभिनेता हुन् चंकी पाण्डे । चंकीले पनि बिग बोसको १३ औं संस्करणमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । चंकी चाँडै नै बलिउडको नयाँ फिल्म ‘साहो’ मा देखिदैछन् ।

माहिका शर्मा

टेलिभिजनका दुई लोकपि्र य कार्यक्रमहरु रामायण तथा एफआईआरमा अभिनय गरिसकेकी अभिनेत्री तथा मोडल माहिका शर्माले पनि यो वर्षको बिग बोसमा सहभागिता जनाउने निर्णय गरेकी छिन् ।

सिद्धार्थ शुक्ला

टेलिभिजनको लोकपि्रय कार्यक्रम बालिका बधुबाट लोकपि्रय भएका सिद्धार्थ शुक्लाले बलिउडको फिल्म ‘हम्प्टी शर्माकी दुल्हनियाँ’ मा पनि अभिनय गरेका छन् । उनले पनि यसपटकको बिग बोसमा सहभागिता जनाउने सम्भावना अत्यधिक रहेको बताइन्छ ।

भनिन्छ, यसपटकको बिग बोसमा विभिन्न प्रकारका ट्वीस्ट तथा टर्नहरु देख्न पाइने छ । यसपटकको बिग बोसको थिम नै परिवर्तन गरेर हरर बनाइएको समेत उल्लेख गरिएको छ । यसपटक पनि बलिउड अभिनेता सलमान खानले आफ्नो पृथक शैलीमार्फत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यो कार्यक्रम आगामी सेप्टेम्बर महिनाको तेस्रो सातादेखि कलर्श टेलिभिजनबाट प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment