Comments Add Comment

रोचक छ सुष्मा स्वराजको प्रेम कहानी, कानुन पढ्दा सुरु भएको थियो अफेयर

२२ साउन, काठमाडौं । भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको हृदयाघातका कारण निधन भएको छ । उनलाई भारतीय जनता पार्टी (भाजपा) को एक प्रखर वक्ताको रुपमा चिनिन्थ्यो । उनको सार्वजनिक जीवन त धेरैलाई थाहा छ, तर निजी जिन्दगीबारे कमैलाई थाहा होला ।

निजी जिन्दगीको कुरा गर्दा सुष्माले प्रेम कहानी रोचक छ । उनको पहिले प्रेम भयो, अनि पछि बिहे । उनको बिहे स्वराज कौशलसँग भएको थियो । स्वराज कौशल भारतका चर्चित वकिल हुन् । चण्डीगढमा पढ्ने क्रममा सुष्मा र कौशलबीच मित्रता भयो । दुवैले आफूहरु मिल्ने साथीमात्र भएको बताउँथे ।

वकालतको पढाइ पूरा गरेपछि दुवै दिल्लीमा प्राक्टिस गर्न गए । त्यहाँ दुवैको मित्रता प्रेममा बदलियो । त्यसपछि सुष्माले यो कुराको जानकारी आफ्नो अभिभावकलाई दिइन् । सुष्माका पिता हरदेव शर्मा प्रेमको कुरा सुनेर रिसाए । यद्यपि उनले छोरीको कुरा टार्न सकेनन् । उनी छोरीको प्रेम विवाहको लागि तयार भए ।

सुष्माका पति स्वराज कौशल सन् १९९९ देखि २००४ सम्म सांसदसमेत बने । त्यसपछि उनी मिजोरमको राज्यपाल पनि बने । तर पनि चर्चामा रहेनन् । उनी ३४ वर्षको हुँदा देशको सबैभन्दा युवा महान्यायाधिवक्ताको बनाइयो । स्वराज कौशल ३७ वर्षको उमेरमा मिजोरमको गभर्नर पनि बने । उनी १९९० देखि १९९३ सम्म गभर्नर पदमा रहे । करवाचौथ पर्वको फोटो र सामाजिक सन्जालमा रमाइला ट्वीट गरेर सुष्माका पति चर्चामा रहे ।

सन् २०१७ मा स्वराज कौशलको ट्वीट भाइरल भयो, जसमा कसैले उनलाई सोधेको थियो– सर तपाईं सुष्मा स्वराजलाई ट्वीटरमा फलो किन गर्नु भएको छैन ? कौशलले जवाफ दिए– किनकि म लिबिया या यमनमा फसेको छैन ।

एक अर्को प्रसंगमा ट्वीटर प्रयोगकर्ता आकाशले स्वराजसँग सोधे– सर बैंकको पासबुकलाई प्यान कार्डको आवेदन दिँदा प्रयोग गर्न सकिन्छ ? उनले जवाफ दिए– कृपया मलाई इन्कम ट्याक्स कमिश्नर ठान्ने गल्ती नगर्नु होला ।

गत आइतबार मात्रै उनलाई मन पर्ने गायकको बारेमा सोधिएको थियो । कौशल स्वराजले त्यसको जवाफमा लेखेका छन्– मुकेश, सुरैया र किशोर । गभर्नर बनेपछि भने मलाई आफ्नै आवाज राम्रो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment