Comments Add Comment

ऋतिक रोशन राम बन्ने फिल्मको बजेट कति ?

बलिउडमा लामो समयदेखि रामायणलाई ठूलो पर्दामा ल्याउने प्रयास जारी छ । ताजा खबर के छ भने निर्देशक नितेश तिवारीले रामायण फिल्मलाई निर्देशन गर्ने संकेत गरेका छन् । उक्त फिल्ममा ऋतिक रोशनले रामको भूमिका निर्वाह गर्ने अनुमान त पहिलादेखि नै लगाइराखिएको छ ।

नितेश तिवारी निर्देशित फिल्म ‘छिछोरे’ प्रदर्शनको तयारीमा छ । कलेज जीवनमा आधारित उक्त फिल्ममा सुशान्त सिंह राजपूत तथा श्रद्धा कपूर मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा वरुण शर्मा, ताहिर राज भसीन पनि महत्वपूर्ण भूमिकामा देखिंदैछन् ।

आमिर खानसंग ‘दंगल’ जस्तो ब्लक बस्टर फिल्म दिइसकेका निर्देशक तिवारी छिछोरेबाट पनि उत्तिकै आशावादी छिन् । उक्त फिल्मको प्रमोशनल अन्तर्वार्ताको क्रममा तिवारीले महत्वाकांक्षी फिल्म रामायणको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

एउटा पत्रिकासंग कुराकानी गर्दै निर्देशक तिवारीले भनेका छन्-‘म रामायणमा काम गर्ने कुराले निकै उत्साहित छु । छिछोरेपछि म रामायणको काममा खटिने छु । यो मेरो लागि पनि चुनौती हुनेछ, किनभने यसलाई पूर्ण गरिमाका साथ प्रस्तुत गर्नु पर्ने ममाथि ठूलो जिम्मेवारी छ ।’

यसअघि फिल्मफेयरको एउटा रिपोर्टमा के भनिएको थियो भने उक्त फिल्ममा ऋतिक रोशनलाई रामको भूमिका निर्वाह गर्नका लागि प्रस्ताव राखिएको थियो र उनले त्यसलाई स्वीकृती समेत दिएका थिए । त्यहीं, दीपिका पादुकोणले सीताको भूमिका निर्वाह गर्ने चर्चा चलिरहेको छ । त्यसो त यी दुबै कलाकारहरुको तर्फबाट यसबारेमा आधिकारिक भनाइ सार्वजनिक भैसकेको छैन ।

खबर के पनि छ भने लाइभ एक्सन प्रविधिमार्फत निर्माण गरिने रामायणको बजेट ५ सय करोड भारतीय रुपैयाँ हुनेछ । यो फिल्म एउटा टि्रलोजी हुनेछ, जसलाई मधु मानटेना, अल्लू अरविन्द तथा नमित मल्होत्राले निर्माण गर्नेछन् । ऋतिक रोशन यतिबेला फिल्म सुपर ३० को सफलतामा रमाइरहेका छन् । उक्त फिल्मले बक्स अफिसमा १ सय २८ करोड भारु बराबरको कलेक्सन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment