
२२ साउन, काठमाडौं । भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ ।
उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हाे ।
२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सांसद भएकी थिइन् ।
उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले श्रदाञ्जली दिएका छन् । मोदीले एक असाधारण नेताको निधनले देश शाेकमा रहेको बताएका छन् ।
भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4