Comments Add Comment

धारा ३७० को खारेजीपछि किन रमायो बलिउड ?

भारत सरकारले जम्मू र कश्मीरमा धारा ३७० खारेज गरिदिएको छ, जसलाई बलिउडले खुला हृदयले स्वागत गरेको छ । जम्मी-कश्मीर फिल्म सुटिङका लागि फिल्ममेकरहरुको मनपर्ने लोकेशन रहँदै आएको छ ।

पछिल्लो केही समयमा सलमान खानको ‘बजरंगी भाइजान’ देखि ‘नोटबुक’ जस्ता थुप्रै फिल्महरुमा कश्मीरका रमणीय दृष्यहरु हेर्न पाइएको थियो ।

अहिले आएर आर्टिकल ३७० को खारेजीले के आशा गर्न थालिएको छ भने कश्मीरमा बलिउडको जोडदार पुनरागमन हुनेछ ।

सन् ६० को दशकको क्रममा निमर्ँण भएका हिन्दी फिल्महरुमा कश्मीरको सुन्दरता आकर्षक तरिकाले चित्रण गरिएको हुन्थ्इो । ‘कश्मीरकी कली’ तथा ‘जब जब फूल खिले’ जस्ता फिल्महरुमा कश्मीरका भिन्न-भिन्न क्षेत्रलाई चित्रण गरिएको थियो ।

यद्यपि, पछि कश्मीरको राजनीतिक अवस्था बिगि्रएपछि तथा आतंकवादी गतिविधिहरु बढ्न थालेपछि बलिउडका फिल्महरुमा देखिने कश्मीर पनि परिवर्तन हुन थाल्यो र लोकेशनको साटो त्यहाँको राजनीतिक परिस्थितीमा आधारित फिल्महरु बन्न थाले । रोजा, मिशन कश्मीर, लम्हा, हैदर जस्ता फिल्महरुमा आतंकवाद नै प्रमुख विषय रहेका थिए ।

कश्मीरमा अहिलेसम्म हैदर, फितूर, रकस्टार, रोजा, मिशन कश्मीर, यहाँ, नोटबुक तथा बजरंगी भाइजन जस्ता थुप्रै फिल्महरु छायांकन भैसकेका छन् । त्यसबाहेक केही समयअघि प्रदर्शन भएको आलिया भट्टको फिल्म राजी तथा हाईवे पनि कश्मीरमै छायांकन गरिएको हो ।

धारा ३७० हटेपछि कश्मीरको परिस्थितमा एउटा ठूलो परिवर्तन आउने निश्चित भएको बताइनछ । जसबाट जम्मू-कश्मीर पुनः एक पटक फिल्मकर्मीहरुको आकर्षणको केन्द्र बन्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच, अभिनेत्री कंगना रानौतले जम्मू-कश्मीरबाट आर्टिकल ३७० खारेज भएको प्रसंगलाई भारतबाटै आतंकवाद समाप्त गर्ने एउटा अनिवार्य कदम भएको प्रतिक्रिया दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साहसी नेता भएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment