Comments Add Comment

सेयर बजारमा कीर्तिमान, एकै दिन २९ हजार कारोबार

२३ साउन, काठमाडौं । नेपाली सेयर कारोबारमा अहिलेसम्मकै बढी कारोबार भई कीर्तिमान कायम भएको छ ।

बिहीबार सेयर बजारमा २९ हजार भन्दा बढी कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

उनका अनुसार नेपालको पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको हो ।

बिहीबार एकैदिन २९ हजार ४ सय ९६ वटा कारोबार भएको प्रवक्ता पराजुलीले बताए । कारोबार संख्यामा कीर्तिमान कायम भए पनि कारोबार रकममा भने ठूलो परिवर्तन आउन सकेन ।

अन्य दिनहरुको जस्तै कारोबार रकम बिहीबार सामान्य रहेको छ । कारोबार संख्याले कीर्तिमान राख्दा कारोबार रकम भने ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँमा सीमित भयो ।

दिनभरमा १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् । बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको उच्च देखिएको छ ।

नेप्सेका अनुसार साञ्जेनको १२ हजार ५०९ र सान्जेन जलविद्युको ११ हजार ९९१ कारोबार संख्या पुगेको छ । यी दुबै आयोजना सरकारी योजना जनताको जलविद्युत अन्तर्गतका हुन । केही दिन अघिमात्रै यि आयोजनाको सेयर नेप्सेमा सूचीकृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment