Comments Add Comment

‘बुलबुल’ निर्देशकको नयाँ फिल्म सवा पाँच करोडमा बन्ने

चलचित्र ‘बुलबुल’का निर्देशक विनोद पौडेलले तयार पारेको स्क्रिप्ट एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानी शरणार्थीको कथा बोकेको ‘एक्रोन इन्टरनेसनल’ नामक चलचित्रको स्क्रिप्ट एपीएममा छनोट भएको हो । जहाँ विश्वभरका ६० देशबाट प्राप्त भएका ३८४ वटा स्क्रिप्टमध्ये पौडेलको स्क्रिप्ट अन्तिम २९ मा अटाउन सफल भएको थियो ।

एपीएममा छनोट भएका चलचित्रका निर्देशकले विश्वभरबाट भेला भएका निर्मातालाई आफ्नो स्टोरी सुनाउँछन् । स्टोरी सुनेपछि निर्माताले मन पराएमा लगानीका लागि सहकार्य गर्नेछन् । पौडेलको स्क्रिप्टमा यातिन पर्खानीले लगानी गर्ने भएका छन् ।

विनोदले आफ्नो चलचित्रको लगानी सवा पाँच करोड रुपैयाँ भएको बताए । उनले भने–‘बुलबुल भन्दा यो चलचित्रको लगानी धेरै छ । एक्लैले आँट गरेर निर्माण गर्न सकिन्न थियो । एपीएममा छनोट भएपछि निर्माता खोज्ने बाटो सहज भइदियो ।’

एसियाका चलचित्र मेकरलाई विश्व चलचित्रको बजारसम्म पुर्याउने उद्देश्यले एपीएमको सुरु भएको थियो । यो वर्षको लागि मिनबहादुर भामले निर्देशन गर्ने चलचित्र ‘श्याम श्वेत तस्वीर’ पनि छनोट भएको छ । यस चलचित्रलाई राजेश खत्रीले बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment