Comments Add Comment

रमेश भन्छन्–‘राम्रो स्क्रिप्ट लेख्ने लेखक नै भेटिनँ’

नायक रमेश उप्रेती अहिले फुर्सदमा छन् । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘ऐश्वर्य’ रिलिज भएपछि उनी फुर्सदिला भएका हुन् । ‘ऐश्वर्य’ रिलिज भएको लामो समय बितिसक्दा पनि रमेशको नयाँ चलचित्रको विषयमा केही कुरा बाहिर नआएकाले रमेश पुनः पछाडि सरेका हुन् कि भन्ने चर्चा सुरु भैसकेको छ । रमेशले केही समय अगाडि पनि आफूले नयाँ चलचित्र बनाउन लागेको बताएका थिए । तर, उनको कुरा गफमै सिमित छ ।

तर, रमेश अहिले आफू चुप नबसेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘म पछाडि हटेको होइनँ । राम्रो स्क्रिप्ट नपाउँदा केही समय होल्ड मात्र गरेको हुँ । रमेश अहिले धेरै जना कथा लेखककोमा पुगेका छन् । तर, उनलाई कुनै पनि स्क्रिप्ट चित्त वुझेको छैन ।

नेपालमा आफूले खोजेको जस्तो कथा लेखक नै नभएको उनको भनाई छ । उनले भने– ‘चलचित्रको कन्सेप्ट मसँग छ । तर, त्यसलाई मेन स्ट्रिम चलचित्रको ढाँचामा स्क्रिप्ट तयार गर्ने लेखक नै पाइनँ । यहाँ मपाँई गर्ने धेरै भए, राम्रो काम गर्ने केही छैनन् ।’

रमेशलाई बाहिरी व्यानरबाट पनि चलचित्रको अफर नआएको होइनन् । उनले बाहिरी ब्यानरमा काम गर्ने मुड भने बनाउन सकेनन् । उनी भन्छन्–‘अहिले बर्षमा २ वटा मात्र कमेडी चलचित्र चलिरहेका छन् । यस्तो अवस्थामा कुनै निर्माताको ठूलो लगानी डुबाउने जोखिम मैले लिन सकिनँ । यसैले संझाएर फर्काउने गरेको छु ।’

रमेश आफ्नो व्यानरबाट निर्माण हुने चलचित्र यसै वर्षबाट छायांकनमा जाने दाबी समेत गर्छन् । अहिले पनि २–३ जनाले कथामा काम गरिरहेको भन्दै उनले पुष महिनासम्म छायांकनमा जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment