+
+
Shares

लेखा समितिलाई लगानीकर्ताको प्रश्न : सुनुवाइको मौका दिनु पर्दैन ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ साउन २६ गते २०:२१

२६ साउन, काठमाडौं । जग्गा भाडामा दिने सम्झौता रद्द गर्न संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशनप्रति ह्वाजिन सिमेन्ट कम्पनीले असन्तुष्टि जनाएको छ ।

लेखा समितिले आइतबार मात्र जग्गा भाडामा लिने गरी धादिङको बेनिघाट रोराङ गाउँपालिकाले ह्वाजिनसँग गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो । यसबारे अनलाइनखबरसँग कुरा गर्दै ह्वाजिन सिमेन्ट कम्पनीका नेपाली लगानीकर्ता सुरज वैद्यले निर्णय गर्नुपूर्व सुनुवाईको मौका नदिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘यत्रो ठूलो निर्णय लिँदा लगानी गर्नेहरुलाई के हो तिमीहरुको धारणा भनेर सोध्नु पर्दैन र ?’

सरकारले लगानी सम्मेलन गरेर विदेशी लगानीकर्ताहरुलाई जग्गा दिन्छु, विजुली दिन्छु, कानुन सुधार गर्छु, नेपालमा लगानी गर भनेको तर व्यवहार त्यस्तो नभएको बताए । उनले अघि भने, ‘यसरी नेपालमा कसले लगानी गर्छ ?’

काम गर्ने क्रममा कुनै कमजोरी भएको भए सच्याउन आफूहरु तयार रहेको उनले बताए । तर समितिले आफूहरुसँग छलफल नगरेको भन्दै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वैद्यले भने, ‘हामी आउँला नआउँला आफ्नो ठाउँमा छ तर यस्तो निर्णयले नेपालमा लगानीको वातावरण छैन भन्ने सन्देश जान्छ ।’

उद्योगलाई सच्याउन खोजेका हौं, भगाउन होइन

लेखा समितिका सभापति भरत साहले भने उद्योगलाई भगाउने चाहना आफूहरुको नभएको बताए । उद्योगले प्रचलित कानून मानोस् भन्ने ध्यय रहेको भन्दै उनले भने, ‘त्रुटिहरु सच्याएर उद्योग नेपालमै बसोस भन्ने हाम्रो चाहना हो ।’

१४ अर्ब ४० करोड लगानीको उद्योगमा वैद्यको पनि २० प्रतिशत लगानी छ । धादिङको बेनिघाट रोराङ र गजुरी तथा मकवानपुरको राक्सीराङ गाउँपालिकामा निमार्णाधीन उद्योगमा ९ महिनाभित्र उत्पादन थाल्ने लक्ष्य लिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?