+
+
Shares

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

रासस रासस
२०८३ भदौ २६ गते ९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि नेपाल एयरलाइन्सको १९ सिटे जहाज अवतरण गरेको छ ।
  • वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार दाङ–काठमाडौँ हवाईसेवा अब आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार नियमित सञ्चालन हुनेछ ।
  • टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

२६ भदौ, दाङ । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए ।

मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुसालको भनाइ छ । ‘मौसमले सेवा अनियमित थियो, अब नियमित हुन्छ’, उनले भने ।

उनका अनुसार अब हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा प्रदान गरिनेछ । हाल हवाई भाडा १२ हजार रुपैयाँ बराबर छ । हवाई सेवा बिहान ९ देखि ११ बजेको बीचमा उपलब्ध हुने भुसालले बताए ।

टरिगाउँमा हाल ७५० मिटरमात्रै धावनमार्ग छ । जहाँ १९ सिटे जहाजमात्रै बस्न सक्छ । कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । सो विमानस्थलमा ठूला जहाज बस्नेगरी धावनमार्ग विस्तारका लागि पटकपटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

२०११ सालमा स्थापना भएको विमानस्थल विस्तार हुनसकेको छैन । चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?