+
+
Shares

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलमा रहेको इन्धन डिपो समस्यामा

विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १९:००

२५ असार, तुलसीपुर  ।  दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई उडान नहुँदा इन्धन डिपो समस्यमा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो ।

कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा एक हजार लिटर मात्रै इन्धन बिक्री भएको थियो ।

जेठमा ६६० लिटर र असारको अहिलेसम्म ८३४ लिटर इन्धन बिक्री भएको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/८२ मा १७ हजार ९०९ लिटर बिक्री भएको थियो । चालु आवमा ३४ हजार ३४ लिटर बिक्री भएको जनाउँदै उनले मासिक बिक्रीदर दुई हजार ८४६ लिटर रहेको बताए ।

‘सातामा चार दिन जहाज आउने भनिए पनि कहिल्यै दुई दिन मात्रै आउने, कुनै साता नआउने समस्या छ,’ उनले भने, ‘त्यसले इन्धन डिपो चलाउन समस्या भइरहेको छ ।’ –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?